कानुन बनाउने ठाउँमै बसेर कानुनविपरीत हर्कत
१६ चैत्र २०८१
•
४ मिनेट पाठ
कानुन बनाउने ठाउँमै बसेर कानुनविपरीत हर्कत
प्रतिनिधिसभाका सदस्यहरू एकपछि अर्को काण्डमा पक्राउ पर्ने क्रम जारी छ। मुख्यगरी फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदको संख्या बढ्दो छ। पछिल्लो पटक फौजदारी आरोपमा प्रतिनिधिसभाका सदस्य धबलशमशेर राणा पक्राउ परेका छन्।




राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनलाई फौजदारी कसुरको आरोपमा शुक्रबार पक्राउ गरिएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ पछि पक्राउ पर्ने सांसदमा राणा पाँचौं हुन्। यसअघि फौजदारी अभियोग लागेका कतिपय सांसदले सफाइ पाएका छन् भने कतिपय मुद्दा विचाराधीन छ। एकजना सांसद अझै थुनामा छन्।

सहकारी ठगी, संगठित अपराध, सम्पत्ती शुद्धीकरण, दोहोरो नागरिकता, भ्रष्टाचार, भुटानी शरणार्थी प्रकरण, हत्यालगायत अभियोग लागेका सांसदलाई पक्राउ गरिएको छ। रकम लेनदेन आरोप लागेका सांसदलाई सम्बन्धित पार्टीले कारबाही गरेको छ।

संसद् सचिवालयका अधिकारी भन्छन्– कानुनविपरीतका कार्य गर्नेलाई कारबाही गर्ने नीति सकारात्मक छ, कानुन बनाउने ठाउँमा रहेर कानुनविपरीत कार्य गर्ने सांसद सदस्यको संख्या बढ्दै छ, जसबाट संसद्कै गरिमामा निकै नराम्रो असर परिरहेको छ।

प्रहरीले शुक्रबार तीनकुनेमा भएको दुईजनाको मृत्यु, तोडफोड र आगजनी जस्ता हिंसात्मक घटनामा राप्रपाका सांसद राणा पनि जिम्मेवार देखिएको भन्दै उनलाई पक्राउ गरेको हो। उनलाई फौजदारी अभियोगमा मुद्दा चलाउने प्रहरीको तयारी छ। नैतिक पतन देखिने वा तीन वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी कसुरमा अभियोगपत्र दायर भएर पुर्पक्ष थुनामा बस्नुपरे राणाको सांसद पद निलम्बन हुनेछ।

२०७९ मंसिरमा प्रतिनिधिसभा सदस्यमा मनाङबाट प्रत्यक्ष निर्वाचित टेकबहादुर गुरुङ निलम्बनमा परेका थिए।

२०७५ माघ २१ मा उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। मुद्दा विचाराधीन भएकै अवस्थामा उनी मनाङबाट निर्वाचित भएका थिए। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गुरुङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐनको दफा ३३ बमोजिम निलम्बन गर्न भन्दै संसद् सचिवालयमा २०७९ पुस ८ मा पत्र पठाएको थियो। सो पत्रबमोजिम सभामुखले पुस १२ गते उनलाई निलम्बन गरेको सूचना प्रकाशित गर्न लगाएका थिए। पछि अदालतकै आदेशले निलम्बन फुकुवा भए पनि उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ।

सुशील कोइराला प्रधानमन्त्री भएका बेला श्रम तथा रोजगार राज्यमन्त्री भएका गुरुङले भृकुटीमण्डपस्थित फन पार्कको ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएको मुद्दामा उनीसहित नौ जनालाई विशेष अदालतले २०७९ फागुन १७ गते दोषी ठहर गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फन पार्कको जग्गा अनियमितता प्रकरणमा २०७५ माघ २१ गते टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध मुद्दा चलाएको थियो।

अर्घाखाँची–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेपछि निलम्बनमा छन्। २०८० वैशाख ३१ मा पक्राउ परेका उनी थुनामा छन्। एमालेकै अर्का सांसद लक्ष्मी महतो कोइरी पनि निलम्बनमा थिए। महोत्तरी–१ बाट निर्वाचित उनको निलम्बन फुकुवा भइसकेको छ।

सशस्त्र प्रहरी बलका असई थमन विक हत्या आरोपमा कोइरी निलम्बनमा थिए। २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने उपप्रधान र गृहमन्त्री बनेका थिए। सर्वोच्च अदालतले २०७९ माघ १३ मा उनी सांसदका लागि उम्मेदवार बन्न योग्य नभएको आदेश दियो।

उम्मेदवारै हुन अयोग्य ठहर भएका उनको सांसद पद स्वतः खारेज भयो। पछि उनले अमेरिकी नागरिकता त्यागेका थिए। त्यसपछि सोही क्षेत्रमा भएको उपनिर्वाचनबाट लामिछाने पुनः निर्वाचित भए। उपनिर्वाचन जितेपछि पुनः गृहमन्त्री भएका लामिछानेविरुद्ध कांग्रेस–एमाले गठबन्धनको सरकार बनेपछि २०८१ पुस ७ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पूरक अभियोगपत्र दर्ता भयो। त्यसपछि उनको सांसद पद पनि निलम्बन छ।

२०७९ माघ १९ गते नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ परेका थिए। कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका थिए। कैलाली कारागारमा रहेका चौधरी राष्ट्रपति कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा कैद मिनाहा दिएपछि २०७९ फागुन ७ गते छुटेका हुन्। कैदा मिनाहा नहुँदासम्म उनी निलम्बनमा थिए।

यसैगरी रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईसँग दुई करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भयो। उनलाई पार्टीले २०७९ चैत २९ गते साधारण सदस्यबाट हटाउने निर्णय गर्‍यो। समानुपातिक प्रणालीबाट सांसद बनेकाले उनको सो पद पनि खारेज भएको थियो। श्रेष्ठको सट्टा रास्वपाले विन्ध्यवासिनी कंसकारलाई सांसद बनाएको छ।

सांसद राणा पक्राउ सूचना संसद्मा

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणा पक्राउ परेको जानकारी संसद् सचिवालयलाई गराइएको छ। तीनकुनेमा शुक्रबार भएको हिंसात्मक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले राणालाई शुक्रबार राति नै पक्राउ गरेको थियो। राप्रपा महामन्त्रीसमेत रहेका राणा नवराज सुवेदीको नेतृत्वमा रहेको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’को आन्दोलन परिचालन समितिको प्रमुख थिए। राणा पक्राउ परेको जानकारी संसद् सचिवालयमा प्राप्त भएको सचिवालयले जनाएको छ।

संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धात्मक वाक्यमा भनिएको छ, ‘कुनै फौजदारी अभियोगमा संसद्को कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन। त्यसरी कुनै सदस्यलाई पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने छ।’ 
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस