प्रमुख शक्तिको एकतामै मुलुक र जनताकाे अवस्थामा परिवर्तन : प्रतीक्षा तिवारी
२३ पौष २०८०
•
५ मिनेट पाठ
प्रमुख शक्तिको एकतामै मुलुक र जनताकाे अवस्थामा परिवर्तन : प्रतीक्षा तिवारी
जनप्रतिनिधिका हैसियतमा जनअपेक्षाअनुरूप कानुन तथा विकास निर्माणमा केही गर्छु भन्ने उत्साह र विश्वास लिएर आएको थिएँ, गत एक वर्षको संसदीय अभ्यासमा न त्यो उत्साह कायम रह्यो, न जनचाहना पूरा गर्न सकें।

युवा विद्यार्थीको विदेश पलायनको संख्या बढेका कारण बरु त्यो अपेक्षा निराशातर्फ उन्मुख भएको अनुभूति गरेकी छु। यो अवधि हरेक हिसाबले फलदायी हुन सकेन।

संघीय संसद्को अधिवेशन अन्त्य हुने दिन सभामुखले प्रस्तुत गर्नुभएको तथ्यांकले कानुन निर्माणको प्रगति सबैले जानकारी पाइसकेका छन्। तथापि, संघीयता कार्यान्वयनसँग जोडिएका थुप्रै कानुन तदारुकताका साथ निर्माण गर्नुपर्ने हाम्रो दायित्व छ। सरकारले समयमा ‘बिजनेस’ दिन नसकेका कारण सिंगो अधिवेशन एउटा मात्र ऐन निर्माणमा सीमित बन्न पुग्यो।

यसबीचमा कानुन र मानवअधिकार समितिबाट सम्पत्ति शुद्धीकरण र सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक भने निष्कर्षमा पु¥याउने कोसिस भइरहेको छ। त्यसले पनि केही आशा र भरोसा दिलाएको छ। यद्यपि, अब आउने दिन उत्साह र आशापूर्ण हुनुपर्छ भन्ने मान्यता राख्छु।  

धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधित्व गर्ने भएकाले आफूसँगको भेटमा शिक्षित र बुद्धिजीवी समुदायले ऐन कानुनका कुरा गरे पनि अधिकांश मतदाताले भने आमरूपमा देखिएका विसंगति, बेथिति, भ्रष्टाचार, महँगी, कालोबजारीकै कुरा उठाउने गरेका छन्। अहिले जनतामा निराशा छ।

संघीय सांसद भए पनि कानुन निर्माणमा मात्र सीमित नभई समाजको बुझाइ र स्तरका कारण जनताका सबै समस्या जनप्रतिनिधिले नै सुन्नुपर्छ भन्ने मान्यता छ। मेरो निर्वाचन क्षेत्रको प्राथमिकता भनेको कृषि, खानेपानी, सिँचाइ साथै शिक्षा, स्वास्थ्य र रोजगारी नै हुन्।

जनताले कुन सत्तापक्ष वा विपक्ष भन्ने सरोकार राख्दैन। उसलाई पुल, नहर, विद्यालय, सडकलगायतका विकास तथा रोजगारी, खानेपानी, बिउबीजन र मलखाद सहज र सर्वसुलभ होस् भन्ने चाहना हुन्छ। त्यस्ता समस्या समाधान गर्न हामी अहोरात्र खटिँदै आएका छौं। निर्वाचनका बेला प्रतिबद्धता जनाए गरेअनुरूप कसले के कति गरे भन्ने जनताले पनि हिसाबकिताब गरिरहेकै हुन्छन्।

राज्यका प्राथमिकता र प्रदेशगत सन्तुलनका आधारमा बजेट विनियोजन हुनुपर्नेमा अझै पनि पहुँच र प्रभावका आधारमा रकम विनियोजन र आयोजना छनोट हुने गरेको छ। प्रतिपक्षका सांसदले अघि बढाएका योजना र विकास निर्माणमा सरकारले बजेट विनियोजनमा विभेद गर्दै आएको देखिन्छ।

सरकार अभिभावक भएकाले अरुलाई विश्वासमा लिएर काम गर्नुपर्छ तर यहाँ त्यो देखिन्न। मुलुकमा परिवर्तनका संवाहक नेपाली कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) जस्ता राजनीतिक दलले सहकार्य गरी अघि बढ्दा मात्र देश र जनताको हित हुन्छ।

गत एकबर्से कार्यकालमा सदनमा देखिँदै आएको एकअर्कालाई औंला ठड्याउने प्रवृत्ति अन्त्य गर्न सरकारबाटै पहलकदमी हुनुपर्छ। देश विकास र जनताको जीवनस्तरमा सुधार ल्याउन  परिवर्तनका संवाहक शक्तिबीच न्यूनतम साझा सहमति हुनुपर्छ।

संघीयता कार्यान्वयनसँग जोडिएका ऐन र कानुन निर्माणलाई तीव्रता दिइनुपर्छ। संक्रमणकालीन कानुनलाइ पूर्णता दिएर विगतको सशस्त्र द्वन्द्वमा पीडामा परेका परिवारजनलाई न्याय दिलाउन सक्नुपर्छ। त्यसमा पनि प्रमुख शक्तिबीच एउटै धारणा बन्नुपर्छ। व्यवस्था परिवर्तन गर्न प्रमुख राजनीतिक शक्ति एक भए झैँ जनताको अवस्थामा परिवर्तन ल्याउन त्यो पक्षबीच मतैक्य हुनुपर्छ भन्ने मेरो मान्यता छ।

सरकारलाई ठीक बाटोबाट अघि बढाउन प्रमुख प्रतिपक्ष दलको हैसियतले एमालेबाट भगिरथ प्रयास भइरहेको छ। प्रतिपक्षको स्थानमा रहेर निरन्तर खबरदारी गर्दै आवाज उठाइरहेको छ।

देशमा भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम हुन नसक्नुमा सरकार र प्रतिपक्षबीचको द्वन्द्वले पनि केही मलजल गरेको छ। सरकारबाट भए गरेका कमीकमजोरी औंल्याइरहँदा प्रतिपक्ष भनेको विरोध गरिरहने मात्र हो भन्ने ढंगले लिइनुहुन्न।

यस्ता विषय ठीक समयमा सम्बोधन गर्न सकिएन भने सुशासन कायम गर्ने मामिलामा चुनौती हुन्न भन्ने पाटोलाई समयमै हेक्का राख्नुपर्छ। पुरानो शासनले भएन, नयाँ राजनीतिक व्यवस्था आएपछि विकास, समृद्धि, शान्ति सुव्यवस्था कायम गर्छाैं भनी हामी आएका हौं।

निर्वाचनका समयमा मतदाताले पनि सही नेतृत्व र देशमा केही गर्छु भन्ने भावना बोकेका व्यक्ति छनोट गर्न सक्नुपर्छ। राजनीति नेतृत्व र कर्मचारीतन्त्रको माथिल्लो तहका व्यक्तिमा आफूलाई सर्वेसर्वा सम्झने प्रवृत्तिले पनि भ्रष्टाचार मौलाउन मलजल गरेको छ। समाजमा अन्याय र अत्याचार बढ्दै गएपछि एक दिन विस्फोटको अवस्था आउन सक्छ। भ्रष्टाचार बढाउनमा कुनै प्रणाली वा व्यवस्थालाई दोष थोपरेर उम्कन मिल्दैन।  

वर्तमान निर्वाचन प्रणालीमा केही कमीकमजोरी रहेकाले यसमा सुधारको खाँचो छ। निर्वाचन प्रणालीलाई देखाएर चुनावमा धेरै खर्च भइरहेको अस्वस्थ प्रतिस्पर्धाले पनि समाजमा विकृति जन्माएको छ। आममतदातामा सुशासनसम्बन्धी सचेतना कार्यक्रम पु¥याउनुपर्छ। निर्वाचनका बेला केही मतदाता अनेक किसिमका झुठा प्रलोभनमा पर्ने गरेको आरोपलाई असत्य सावित गर्नुपर्छ।  

स्वदेशमा रोजगारी नभएपछि रोजीरोटीको जोहो गर्न र घरपरिवार चलाउन विदेश पलायन हुन बाध्य युवासँग पनि अनेक बहानामा मोटो रकम असुल्ने कार्य भइरहेको छ। त्यसलाई रोक्न बनेका नीति नियम र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक छ।

‘मुटुमाथि ढुंगा राखी हाँस्नु प¥या छ’ भन्ने अवस्थामा रहेका अप्ठेरोमा परेका व्यक्तिलाई झन दुःख दिने कार्य कदापी स्वीकार्य हुन सक्दैन। रोजगारीका लागि विदेश जाने युवालाई सरकारले फ्रि–भिसा, फ्रि टिकट भनेपनि व्यवहारमा त्यो लागू हुनै सकेन। सरकारले जे बोल्छ र जेजस्तो नियम कानुन बनाएको छ, त्यो लागू गर्नुपर्छ। सरकार जवाफदेही बन्नपर्छ।

मुलुकमा देखिएका बेथिति र विसंगतिका विरुद्ध सशक्त आवाज मुखरित गर्दै देश र जनहितमा कार्य गर्न  म कुनै कसर बाँकी राख्दिन। यो दृढता  र कार्ययोजना बनाएर काम गर्ने हो भने जनताको जीवनस्तर उकास्न धेरै समय लाग्दैन। सरकारमा रहनेको दूरदृष्टि र इच्छाशक्ति भए देश बन्छ, बनाउन सकिन्छ।

(एमाले नेत्री तिवारीसँग राससका नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश)
अर्को समाचार
संविधान नै राजनीतिक दलको साझा सिद्धान्त होः एकनाथ ढकाल
२३ चैत्र २०८०
•
६ मिनेट पाठ
संविधान नै राजनीतिक दलको साझा सिद्धान्त होः एकनाथ ढकाल
सङ्घीय संसद् होस् वा प्रदेशसभा कुनै एक राजनीतिक पार्टीको बहुमत नभएको अवस्थाले दलहरु एकापसमा मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ। प्रमुख राजनीतिक शक्तिबीच सहमति कायम हुनुपर्छ। राष्ट्र, राष्ट्रियता र जनहितका सवालमा कोही पनि पक्ष÷विपक्षमा उभिनु हुँदैन। एकमत हुनुपर्छ।  लोकतान्त्रिक अभ्यासमा पक्ष–विपक्षमा आ–आफ्ना राय प्रस्तुत गर्न सकिन्छ। प्रमुख शक्तिबीच के विषयमा सामूहिक र के विषयमा आन्तरिक प्रतिस्पर्धा हुने भन्ने स्पष्ट दृष्टिकोण हुनुपर्ने परिस्थिति छ।  

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएपछि संसद्को दोस्रो कार्यकालमा हामी छौँ। नेपालको यो त्यतिधेरै लामो संसदीय अभ्यास होइन। छोटो अभ्यासमै पनि उपलब्ध सीमित साधन,स्रोत र सुविधाका बीच सांसदले जे जस्तो परिस्थितिमा भूमिका निर्वाह गरेका छन्,त्यो उत्कृष्ट नै छ। विगतमा सरकारले नै सदनलाई बिजनेस नदिँदा चाहे जति ऐन,कानुन निर्माण गर्न नसकिएको यथार्थ हो। अहिले सरकार जिम्मेवारका साथ अघि बढेकाले आगामी दिन थप प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ।  

पछिल्लो संसदीय निर्वाचनपछि बनेको संसद् धेरै विषयमा अलमलमा प¥यो। प्रधानमन्त्रीको चयन,सरकार गठन, संसदीय समितिको निर्माण,संसद्मा उठेका प्रश्नमा सरकारबाट सम्बोधनका लागि ढिलाइ,सदन अवरुद्धजस्ता यावत कुराले कानुन निर्माणको कामले जुन तीव्रता पाउनुपर्ने हो त्यो हुन सकेन। तर अहिले सदनमा धेरैवटा विधेयक दर्ता भएका छन्। ती विधेयक कतिपय अघि बढ्ने सन्दर्भमा पाइपलाइनमा छन् भने कतिपय छलफलका क्रममा रहेका छन्। केही पारित पनि भएका छन्।  

हाम्रो देशका राजनीतिक दलले राष्ट्रिय सङ्कटका बेला एकै ठाउँमा उभिएर विश्वभर प्रवाह गरेको सकारात्मक सन्देशलाई हामीले बिर्सनु हुँदैन। सदनमा प्रतिनिधित्वका हिसाबले नेपाल कम्युनिष्ट पार्टी(एमाले)धेरै मत प्राप्त गरेको पार्टी हो भने नेपाली कांग्रेस पनि धेरै सिट प्राप्त गरेको पुरानो राजनीतिक दल हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)पनि मुलुकमा परिवर्तन ल्याउन भूमिका खेलेको एउटा महत्वपूर्ण शक्ति हो। संसद्मा अरु नयाँ दलहरुको पनि प्रवेश भएको छ। राष्ट्रिय र दलगत मुद्दाकाबारे राजनीतिक दल स्पष्ट नहुँदा महत्वपूर्ण विषयले समेत प्राथमिकता प्राप्त गर्न नसकेको अवस्था छ। दलहरुबीच एकापसमा आरोप प्रत्यारोप गर्ने शैली र व्यवहारले हामी कहीँ पुग्न सक्दैनौँ। हामीले नयाँ किसिमको राजनीतिक परिपाटी र संस्कार अघि बढाउनुपर्छ, त्यसको विकल्प छैन। सरकारमा गएर आफ्ना नीति तथा कार्यक्रम लागू गर्दै जनतासमक्ष आफूले गरेका प्रतिबद्धता पूरा गर्न कोसिस गर्ने कार्य अस्वाभाविक नभए पनि सत्ता नै सबै कुरा होइन भन्ने पक्षलाई आत्मसात् गर्न जरुरी छ। सत्ता सबै कुरा होइन भन्ने पाटोलाई राजनीतिक दलले बुझ्न आवश्यक छ।  

संसद्को अङ्क गणितअनुसार जसले बहुमत पुर्‍याउँछ उसले संसद् चलाउँछ,अर्को समूह प्रतिपक्षमा बस्छ। सरकार पनि जनतालाई सेवा प्रवाह गर्ने र प्रतिपक्ष पनि जिम्मेवारका साथ प्रस्तुत हुनुपर्छ। कतिपय अवस्थामा दलका नेता अनुचित काममा संलग्न भएका कारणले त्यसबाट जोगिन वा थप लाभ प्राप्त गर्न सधैँ सरकारमै जान खोज्ने चरित्र पनि देखिन्छ। प्रमुख राजनीतिक शक्तिबीच सहमति र सहकार्यकै आधारमा नेपाललाई अघि बढाउनुपर्छ भन्ने लाग्छ। नेपालका राजनीतिक दलको साझा सिद्धान्त भनेको नेपालको संविधान हो। संविधान निर्माणमा परिवर्तनकारी पक्षधर राजनीतिक शक्तिको समान योगदान छ। नेपाली जनताको त्यसमा ठूलो बलिदान छ। त्यो संविधानमा सङ्घीयता,गणतन्त्र, धर्मनिरपेक्षता,समानुपातिक,समावेशीलगायतका मूलभूत उपलब्धिलाई प्रमुख खम्बाका रुपमा स्थापित गरेका छौँ।  

कुनै बेला विश्व साम्यवादी र पुँजीवादी धारमा धु्रवीकरण र विभाजित रहे तापनि अहिले विश्वमा त्यो वैचारिक बहस अन्त्य भइसकेको छ। नेपालको सन्दर्भमा यहाँका कम्युनिष्ट पार्टी पनि लोकतन्त्रप्रति पूर्ण प्रतिबद्ध रही आवधिक निर्वाचन र प्रतिस्पर्धाका माध्यमद्वारा अघि बढिरहेका छन्। त्यसैले नेपालको लोकतन्त्रमाथि कहीँकतै र कसैबाट पनि खतरा देखिन्न। सदनभित्र देशका राष्ट्रिय जल्दाबल्दा मुद्दामा बहस गरे तापनि  बाहिर भने राजनीतिक वैचारिक मुद्दालाई अघि बढाइनुपर्छ भन्ने मेरो मान्यता छ। सदनमा भने कानुन निर्माणलाई नै केन्द्रमा राखेर अघि बढ्नुपर्छ।  

भ्रष्टाचार नेपालको प्रमुख चुनौतीका रुपमा अघि आइरहेको छ। यसले मुलुकको अर्थतन्त्रलाई अत्यन्तै कमजोर बनाएको छ,यो राष्ट्रिय धमिरा नै हो। राजनीतिक दलहरुले सुशासनका नारा सबैले दिए पनि जुन ढङ्गबाट हिजो राज्यसत्ता सञ्चालन भएको थियो,त्यसको निरन्तरताले देशमा सुशासन दिन सकिन्न। जनताले प्रत्याभूति हुने गरी सुशासन कायम हुनुपर्छ। त्यसमा राजनीतिक दलले आफ्ना कामकारवाहीमा सुधार ल्याउनुको विकल्प छैन। यस विषयमा जनतासामु क्षमायाचना गर्न पनि राजनीतिक दल तयार हुनुपर्छ।  

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नयाँ गठबन्धनसरकारले अघि सारेको न्यूनतम साझा कार्यक्रममा प्रमुख प्राथमिकतामा सुशासनलाई राखिएको छ। हामीले आशा गर्न सक्छौं कि वर्तमान सरकारले सुशासनका मुद्दालाई बोलीमा मात्र होइन,व्यवहारमा उतार्नेछ। संसद्बाट पनि यसलाई कडारुपमा दबाब सिर्जना गर्छौं,नागरिकले पनि चनाखो हुनुपर्छ, सूचना दिएर सहयोग पुर्‍याउनुपर्छ। नागरिक,संसद् र सरकार सबैको सहकार्य यसमा आवश्यक छ।  

अहिलेको निर्वाचन महँगो भएकाले केही हदसम्म भ्रष्टाचार बढाउन सहयोग पुर्‍याएको छ भन्ने आवाज सुनिएको छ। नेपालका उत्पीडित,आदिवासी र आर्थिकरुपमा विपन्न परिवारले कसरी यो निर्वाचनमा ठूलो रकम खर्च गरेर प्रतिस्पर्धा गर्न सक्लान् भन्ने प्रश्न छ। यो बहस राजनीतिक दल र उम्मेदवारबीच बहसको विषय बनेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,भयरहीत र निष्पक्ष बनाउन सबैको जोडबल हुनुपर्छ।  

सङ्घीयताको अभ्यासले अधिकारको विकेन्द्रीकरण भएको छ। जनताले अधिकार पाएको महसुस गरेका छन् । काठमाडौँमा केन्द्रित अधिकार सातै प्रदेशमा पुगेको छ। छोटो समयमै प्रदेशको औचित्यमाथि प्रश्न उठाइनुहुन्न। यसबाटै हामीले समतामूलक र समुन्नत नेपाल निर्माण गर्न सक्छौँ। विश्वमा सङ्घीयताको अभ्यासबाट शान्ति,समृद्धि,सामाजिक एकता प्राप्त गरेका मुलुक धेरै छन्।अहिले नै हामीले संविधानले  गरेको व्यवस्था र संरचनाको विकल्प खोज्नु हुन्न।  

देशभित्र राजनीतिक स्थायित्व र रोजगारी दिन नसक्दा ठूलो सङ्ख्यामा नेपाली युवा बाहिर जानुपर्ने अवस्था छ। नेपालमा केही छैन,भत्कियो,बिग्रियो भन्ने कुरामा सत्यता छैन। देशमा धेरै कुरा भएका छन्,रोजगारी सिर्जना हुन्छ,पूर्वाधार निर्माण हुन्छ,कृषिमा आधुनिकीकरण हुँदैछ भन्ने सन्देश पनि सबै नागरिकमा पु¥याउनुपर्छ। सकारात्मक सन्देश दिनुपर्छ। आफ्ना कमजोरीलाई सुधार गर्दै लैजाने मामिलामा पनि सबै पक्ष सजग र सचेत हुनुपर्छ। नेपालको सबै राजनीतिक पार्टीमा युवापुस्ता अघि आइरहेको छ। समस्याको पहिचानपनि भइसकेको छ। युवालाई स्वदेशमा नै रोजगारी गरी जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्ने वर्तमान सरकारका प्रमुख कार्यसूची छ। सरकारको त्यो कार्यसूची कार्यान्वयन गर्न हामी पक्ष र विपक्ष विभक्त हुँदैनौँ। देशलाई समृद्धि बनाउनुपर्छ,सामूहिक प्रयासमा त्यसो गर्न सकिन्छ। युवापुस्तालाई निरास नहुन र धैर्यशाली रहन मेरो आग्रह छ।  

सांसद ढकालको परिचय

गोरखा जिल्लाको भीमसेन थापा नगरपालिका–८ का स्थायी बासिन्दा नेपाल परिवार दलका संस्थापक अध्यक्ष रहेका सांसद एकनाथ ढकालले पहिलो र दोस्रो संविधानसभा सदस्य तथा नेपाल सरकारको दुई पटक मन्त्रीको जिम्मेवारी समालिरहेका छन्। विसं २०६४ देखि दल नै खोलेर राजनीतिमा प्रवेश गरेका उनी २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमा खसआर्य समूहबाट निर्वाचित भएका थिए।  

-राससका नारायण न्यौपानेले गरेको कुराकानी 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस