सांसद कार्की भन्छिन्, ‘धारा,कुलो र पानी आएन भनेर बारम्बार फोन आउँछ’ (अन्तर्वार्ता)
१३ पौष २०८०
•
६ मिनेट पाठ
सांसद कार्की भन्छिन्, ‘धारा,कुलो र पानी आएन भनेर बारम्बार फोन आउँछ’ (अन्तर्वार्ता)
नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधि सभा सदस्य मैना कार्कीले समयसीमा, मुख्य विषय र प्रक्रियामा नयाँ अनुभव लिन पाउनु खुशीको कुरा भएको बताएकी छिन्।

पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको उनको भनाइ छ।

उनी भन्छिन्, 'बाहिर मञ्च पाउँदा धेरै बोलिन्थ्यो, सदनमा समयसीमा र विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ। शून्य समयमा प्राप्त एक मिनेटमा मतदाता, जिल्ला र देशका जल्दाबल्दा विषय राख्न सक्ने नयाँ अभ्यास सिकाएको छ।' 

उनले विधायक भएपछि कानुनको अध्ययन, निर्माण प्रक्रिया, विधेयकको सैद्धान्तिक छलफल, संशोधनजस्ता विषयमा आधारभूत ज्ञान लिँदै नयाँ कानुन निर्माण तथा विद्यमान कानुन संशोधनको आवश्यकता र संशोधन प्रस्ताव दर्ता गर्नाका कारण पुष्ट्याइँजस्ता विषयमा नयाँ सिकाइ भइरहेको बताइन्।

समानुपातिक निर्वाचन प्रणालीबाट सङ्घीय संसद्मा पहिलोपटक पुग्दा खुशी लाग्नु स्वाभाविक भएको बताउँदै ‘सांसदसँग रासस संवाद’मा उनले भनिन्, 'पहिलो अभ्यास भएकाले उत्सुकतापूर्वक अनुभव लिने सिलसिला चलिरहेको छ।' 

कानुन निर्माणको सिकाइकै अभ्यास चलिरहेको बखत गत कात्तिक १७ गते जाजरकोटको भूकम्पमा ज्यान गुमाएका र घाइते भएका तथा घरगोठ भत्किएर बिचल्लीमा परेका परिवारको उद्धार र राहत सङ्कलन, वितरण तथा अस्थायी बसोबासका लागि प्रभावित क्षेत्रमै उनले खटिएर योगदान पुर्‍याइन्।

भूकम्पलगत्तै जाडोयाम सुरु भएकाले सुत्केरी, वृद्धवृद्धालगायत पीडितको जनजीवन थप कष्टकर भइरहेको जनाउँदै उनले अहिलेको मुख्य चुनौती अस्थायी टहरा निर्माण गरी बसोबास व्यवस्थापन गरेको बताइन्।

भूकम्पपछि स्थानीय तहका प्रतिनिधि, नागरिक समाज, सुरक्षा निकायको समन्वयमा तत्काल उद्धार र खोजतलासको काम गरिएको घटना सुनाउँदै सांसद कार्कीले भूकम्पबाट मानवीयका साथै घरलगायत संरचना भत्किएर व्यापक भौतिक क्षति भएको बताइन्।

निर्वाचित गराएर पठाएका सांसदलगायत जनप्रतिनिधिसँग विपद्मा परेका बेला मतदाताले आशा राख्नु स्वाभाविकै भएको बताउँदै नेत्री कार्कीले छिटो अस्थायी बसोबास मिलाउन सकिएमा केही हदसम्म पीडितलाई राहत मिल्ने भएकाले तीव्ररुपमा काम गर्न जरुरी रहेको धारणा राखिन्।

सरकारले उनीहरुका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ। भूकम्पमा उनका आफन्त, नातागोता र गाउँका धेरै चिनजानका व्यक्तिसमेत परेका थिए। सांसद कार्कीले भनिन्, 'तिनै पीडित परिवार, नेता र कार्यकर्ताको साथ, सहयोग र सद्भावमा पहिलोपटक सांसद हुने मौका पाएँ। दुःखमा परेको बेला उहाँहरुलाई सकेसम्म मल्हम लगाउन कोसिस गरिरहेकी छु।'

आफ्ना पति जयबहादुर रावलको दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा वि.सं. २०६१ पुस १९ गते काठमाडौँ असनमा विद्रोही पक्षबाट गोली प्रहार गरी हत्या भएपछि आफूजस्तै दुःख पाएकालाई सहयोग र न्याय दिन नेत्री कार्की सामाजिक सेवामा समेत संलग्न छिन्। वि.सं. २०५४ बाट राजनीतिमा प्रवेश गर्नुभएकी नेत्री कार्कीसँग नेपाल महिला सङ्घ जाजरकोट जिल्ला अध्यक्ष, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको जिम्मेवारी सम्हालेको अनुभव छ।

उनले पार्टीको जिल्ला कार्य समिति मनोनीत कोषाध्यक्ष, गरिबसँग विश्वेश्वर कार्यक्रमको जिल्ला अध्यक्ष, द्वन्द्वपीडित साझा चौतारी सचिव र अध्यक्ष तथा एकल महिला संस्थाको अध्यक्ष भएर काम गरिन्। राजनीतिक शास्त्रमा स्नात्तकोत्तर सांसद कार्कीका पत्रपत्रिकामा सिर्जना र अभिव्यक्तिसम्बन्धी विभिन्न लेखरचना प्रकाशित छन्।

निर्वाचनकै क्रममा विधायक भनेको कानुन निर्माणमा केन्द्रित हुने प्रतिनिधि हुन् भनेर राजनीतिक दल र उम्मेदवारले बुझाउनुपर्नेमा उनले जोड दिइन्। उनका अनुसार, निर्वाचनका बेला विगतदेखि नै सबै दलका उम्मेदवारले पुल, बाटो र विद्यालय बनाउने तथा खानेपानी ल्याउने जस्ता कुरामा मतदातासँग प्रतिबद्धता जनाउँदै गर्दा जनताले त्यो प्राप्त गर्नेमा आशा गर्नु स्वाभाविक नै छ। ‘माननीय’ले भनिदिएपछि मेरो यहाँ पुल आउँछ, बाटो, स्कुल र स्वास्थ्य चौकी बन्छ भन्ने उहाँहरुको त्यो सोचाइ र बुझाइ छ।

नेत्री कार्कीले भनिन्, 'निर्वाचनका बेला हामी कानुन बनाउन जाने हो, कानुनमा के कस्ता समस्या छ, कुन बनाउँदा तपाईंहरुका सेवा, सुविधा र हकअधिकार सुनिश्चित हुन्छन् भन्ने बुझाएको भए हुन्थ्यो, त्यो भनेको भए आशामा रहने थिएनन्।'  

माननीयलाई यहाँ धारा, कुलो र पानी भएन भनेर बारम्बार फोन आउने गरेको घटना सुनाउँदै उनले एउटा सांसद जिल्लाको विकासका लागि बजेट हाल्न दौडिएपछि अर्काेलाई पनि दौडन दबाब पर्ने गरेको बताइन्।

सरकारले एउटा प्रणाली स्थापित गरेर बजेट विनियोजन र विकासका काम हुन्छ भनी सुनिश्चित गरे धाउन नपर्ने जनाउँदै सांसद कार्कीले सांसदलाई विकास निर्माणमा संलग्न हुनु कार्यभार थपिएको बताइन्।

उनका अनुसार, सांसदको मुख्य कार्यभार कानुन बनाउने हो, तर कानुन कति बनाउनुभयो भनेर जनताले खासै प्रश्न गर्दैनन्। तपाईंले जिल्लामा कहाँ बाटो बनाउनुभयो, कहाँ बजेट हाल्नुभयो, कहाँ खानेपानी र सिँचाइ व्यवस्था गर्नुभयो, कहाँ स्कुल र स्वास्थ्य चौकी निर्माण गर्नुभयो भनेर सोध्छिन्। जिल्ला र निर्वाचन क्षेत्रमा यसैका आधारमा सांसदको प्रभावकारिता मापन हुन्छ। अर्काे जिल्लाको उदाहरण दिएर तपाईंको पहुँच र प्रभाव भएन भन्ने जस्ता कुरा आउने गर्छन्।

एक प्रसङ्गमा उनले जनताका हकअधिकार स्थापित गर्न कस्तो कानुन तर्जुमा गर्न आवश्यक छ भनी रायसुझाव लिन जरुरी रहेको बताइन्।

सरकारलाई राम्रो कामका लागि ठीक बाटोमा हिँडाउन प्रतिपक्षको जहिले पनि आलोचनात्मक र रचनात्मक भूमिका आवश्यक पर्ने जनाउँदै अर्काे प्रसङ्गमा उनले विरोधका लागि विरोध गर्ने परम्परा भने आफूलाई उचित नलागेको प्रतिक्रिया दिइन्।

प्रतिपक्षले उठाएका राम्रा कुरा सरकारले सुनेन र कार्यान्वयन भएन भने लोकतान्त्रिक विधिबाटै  सरकारलाई सजग र सचेत गराउन पाउनुपर्छ भन्दै नेत्री कार्कीले दलीय र व्यक्तिगत स्वार्थमा भने सदन अवरुद्ध गर्ने प्रवृत्ति गलत भएको बताइन्।  

वडा तहदेखि, स्थानीय तह, प्रदेश र सङ्घसम्म खर्चिलो निर्वाचन प्रणालीका कारण विजयीहरु चुनावमा भएको खर्च उठाउनका लागि विभिन्न गलत क्रियाकलापमा संलग्न हुनसक्ने बताउँदै सांसद कार्कीले कर्मचारीतन्त्रमा पनि विकृति, विसङ्गति मौलाउँदै गएको र दण्डहीनता बढेका कारण भ्रष्टाचार बढिरहेको उनको भनाइ छ।

उनका अनुसार, देशभित्र भ्रष्टाचार र अव्यवस्था बढ्नुमा राजनीतिक दल र जनप्रतिनिधि मात्र नभई समाजका सबै क्षेत्र जिम्मेवार छन्। जबसम्म भ्रष्टाचार अन्त्य हुँदैन, तबसम्म सुशासन कायम हुन सक्दैन अनि नेपाल पनि बन्दैन, हामी विकासमा अघि बढ्न पनि सक्दैनौँ। उनले भनिन्, 'यसको जरो पत्ता लगाएर न्यूनीकरण गर्नुपर्छ। समाधानका लागि सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ। यसप्रति हामी चिन्तित छौँ। अभियान आफूबाट सुरु गर्नुपर्छ।'

विगतमा पनि धेरै मानिस सशस्त्र द्वन्द्वको चपेटामा परेर गाउँ छोडेर सहर पसेका थिए। पछिल्लो समय कोरोना महामारी, भूकम्पलगायतले उत्पन्न गरेको आर्थिक सङ्कटले अध्ययन र रोजगारीका लागि पलायन हुन बाध्य भए। यी घटनाले पनि तीव्र पलायन निम्त्याएको धारणा राख्दै नेत्री कार्कीले समाजको देखासिकी गर्ने प्रवृत्ति र देशभित्र रोजगारीका अवसर नहुँदा यस्तो अवस्था सिर्जना भएको बताइन्।  

उनले भनिन्, 'स्वदेशमै बसेर दाम र नाम कमाएका उदाहरण धेरै छन्। नेपालमै बसेर केही गरे केही हुन्छ भन्ने सकारात्मक सन्देश र आडभरोसा सरकार र राजनीतिक दलले दिनुपर्छ। आफ्नै देशमा श्रम र पौरख गर्नुपर्छ भन्ने भावना हुनुपर्छ।' रासस
अर्को समाचार
उथलपुथलबारे गगनको आंशका: यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो की ?
२३ जेष्ठ २०८१
•
१ मिनेट पाठ
उथलपुथलबारे गगनको आंशका: यो बजेट आफैले काँध हाल्नुपर्ने पो हो की ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट प्रस्तुत भएको बजेटमा आफू अलमलिएको बताएका छन्। थापाले देशमा भइरहने उथलपुथलले आफूलाई बजेटमाथि टिप्पणी गर्न अलमल्याएको बताएका हुन्।

‘यो बजेटबारे बोल्ने कसरी भनेर म अल्मलिएको छु। यो बजेटमा यो पनि छैन, त्यो पनि छैन, यो पनि मिल्दैन, त्यो पनि मिल्दैन। भनेर बोल्नुपर्ने हो,’ सरकारले प्रस्तुत गरेको बजेटमाथि बुधबार भइरहेको छलफलमा बोल्दै महामन्त्री थापाले भने,‘तर अहिले त्यसरी बोलौँ, यति धेरै उथलपुथल भएको यो संसद्मा छ/सात महिनापछि यो बजेट आफैँले काँध हाल्नुपर्ने पो हो की। आफ्नै बोली फेरि गलपासो हुने हो की !’

त्यसपछि महामन्त्री थापाले आफूले बोल्ने तयारी गर्दा अर्थमन्त्री वर्षमान पुनलाई सामान्य प्रश्न सोध्ने कुरा सोचेको बताए। ‘अर्थमन्त्रीज्युले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्नेकुराको प्रक्षेपणको दाबी गर्नुभएको छ। अघिल्लो वर्ष पनि ठिक त्यस्तै दाबी थियो, ४ प्रतिशतको भन्दा कम रह्यो,’ उनले भने, ‘यो वर्ष हाम्रा विकास साझेदार, चाहे एसियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैले ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ। यसको आधार के हो ?’

पानी अलिकति राम्रो पर्छ भनेर गरिएका मौसमको अनुमानको आधारमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ भन्नेकुराको अर्थमन्त्री पुनले संसद्लाई चित्तबुझ्दो जवाफ दिनुपर्ने थापाले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस