संसद्लाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्छ : साह
२९ मंसिर २०८०
•
६ मिनेट पाठ
संसद्लाई प्रभावकारी र परिणाममुखी बनाउनुपर्छ : साह
बलियो चुनावी दलीय गठबन्धनलाई पाखा लगाउँदै स्वतन्त्र उम्मेदवारको हैसियतले प्रतिनिधिसभा सदस्य चुनाव नतिजा आफ्ना पक्षमा पार्न सफल किरणकुमार साह संसद्को पहिलो बैठकमा बेग्लै पहिचान स्थापित गरी चर्चामा आए। अधिकांशले नेपाली र केहीले आआफ्ना मातृभाषामा शपथ लिइरहेका बेला उनले प्रतिनिधिसभाको पहिलो बैठकमा संसारको पुरानो संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिएर आश्चर्यमा पारे।  

धार्मिक व्यक्ति जहिले पनि सत्य, न्याय र समानताका पक्षमा हुने तर्क दिँदै नेता साहले आफूले नेपाली भाषाको जननी संस्कृतमा शपथ लिएर सारा नेपालीलाई आफ्नो संस्कार र संस्कृति संरक्षणका लागि प्रेरित गरेको जिकिर पनि गरे। उनले भने, ‘अरूलाई सम्मान गर्ने हाम्रो संस्कार थियो, नैतिक शिक्षा पढाइन्थ्यो, सामाजिक शिक्षाले समाज बुझ्ने अवसर दिलाएको थियो। हाम्रा सबै गौरव हटाउँदा अनेकौं विसंगति र विकृति जन्मिएको छ।’

निर्वाचनपछि नेकपा (एमाले) लाई समर्थन गर्दै आएका साह रौतहट निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुन्। विसं २०५६ देखि नेकपा (माओवादी) मा आबद्ध उनी २०७० मा संविधानसभा  र २०७४ मा प्रतिनिधिसभा सदस्यका प्रतिस्पर्धी थिए।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा सरकारको प्रभावकारिता नदेखिएको आरोप लगाउँदै उनले अपराधीलाई राष्ट्रिय दिवसमा मुक्त गर्ने परम्परा उचित नभएको ठोकुवा गरे। उनले भने, ‘परिवर्तनका लागि भएका आन्दोलन र संघर्षमा जनतालाई गाँस, बास र कपास सुनिश्चित गर्छाैं, भनियो तर सत्तामा गएपछि नेताका बुद्धिमा बिर्काे लाग्यो, सुशासन कायम गर्न तिनका सोच, विचार र आचरण सुध्रिनुपर्छ, कानुन कार्यान्वयन हुनुपर्छ।’

रौतहटवासीसँग गरिएको प्रतिबद्धता कार्यान्वयनलाई मूर्तरूप दिन दृढ संकल्पका साथ आफू अघि बढेको जनाउँदै उनले त्यही जगमा उभिएर देशलाई नै समृद्धिका बाटामा हिँडाउन आफूले अरूलाई दबाब र प्रेरणा प्रदान गर्ने विश्वास दिलाए।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समिति सभापति साह कानुन निर्माणका अतिरिक्त निर्वाचन क्षेत्रका प्राथमिकता सम्बोधन गर्नु आफ्नो मूल संकल्प भएको बताउँछन्। प्रत्यक्ष निर्वाचन जितेर आएकाले विधि तर्जुमासँगै निर्वाचन क्षेत्रका समग्र विकास निर्माण र जनताका पीरमर्का सम्बोधन गर्नु आफ्नो पहिलो कर्तव्य भएको उनको ठम्याइ छ। नेता साहले भने, ‘चुनाव लड्दा जनताका माग पूरा गर्छाैं भनी विश्वास दिलाएकाले जितेर आएको हुँ। मैले जनतालाई त्यसबेला पढाइ, कमाइ, दबाइ, सिँचाइजस्ता एजेन्डामा प्रतिबद्धता दिलाएको थिएँ।’

बालबालिकाका लागि गुणस्तरीय शिक्षा, आफ्नै निर्वाचन क्षेत्रमा रोजगारी, ज्येष्ठ नागरिकलाई औषधिसहितको वृद्धाश्रम, किसानका लागि सिँचाइजस्ता विषयमा गरिएको प्रतिबद्धता पूरा गर्न मन्त्रालय जानु र नेतृत्वसँग भेट गर्नुलाई अन्यथा लिन नहुने उनको तर्क छ। सांसद साहले मन्त्री र सचिवका ढोका ढकढक्याएर चालु आर्थिक वर्षमा विभिन्न योजनाका लागि आफ्नो निर्वाचन क्षेत्रमा करिब ३२ करोड रुपैयाँको योजना लैजान आफू सफल भएको जानकारी दिए।

स्वतन्त्र विधायक साहले सांसदलाई मुख्य जिम्मेवारीमा संलग्न गराउन सरकार, सदन र संसदीय समितिले विधेयकमाथिको छलफललाई प्राथमिकता दिँदै निरन्तर बहस चलाउनुपर्नेमा जोड दिए। उनले भने, ‘गएको एक साताभित्र विषयगत समितिको बैठक बस्न सदस्यलाई तीनपटक आह्वान ग¥यौं, तर गणपूरक संख्या नपुगेर स्थगन हुँदै आएको छ। यसले सांसद सदनप्रति जवाफदेही नदेखिएको स्पष्ट हुन्न र ! ‘पार्टीले संरक्षण गरिहाल्छ भन्ने आडमा हुने यस्ता कार्य निरुत्साहन गर्दै लैजानुपर्ने बताउँदै सभापति साहले भने, ‘यस्ता अवस्थामा विधायकले न कानुन, न नीति, न विकास र समृद्धिलाई नै अघि लैजान सक्छ।’

सकारात्मक सोच र समयमै जिम्मेवारी पूरा गर्ने संकल्प भएमा मात्र देश बनाउन सकिन्छ भन्दै उनले यस्ता गतिविधिले अनेकौं समस्या निम्त्याएको विचार प्रकट गरे। साहका अनुसार आफूले चुनाव जितेपछि शपथ ग्रहण गर्दै गर्दा राष्ट्रका लागि केही गरौंला भन्ने सोच थियो, तर एक वर्षको कार्यकाल हेर्दा धेरै नेता नै भ्रष्टाचार, नातावाद र कृपावादमा जोडिएको देखियो। देश बनाउनेतर्फ कसैको ध्यान देखिएन।  

समानुपातिकका नाममा आफ्ना नातागोतालाई ल्याउने होड चल्यो। अर्थतन्त्र ‘रेड जोन’ मा परेको अवस्था छ। ‘त्यसको समाधानको सट्टा राजनीतिक स्वार्थप्रेरित कैयौं विषय दलीय भागबन्डामा टुंग्याउने प्रयास भइरहेको छ। यस्ता घटनाले नेताप्रतिको ओज कमजोर मात्र नभई लोकतन्त्रको खिल्ली पनि उडेको छ। देशमा भएका कैयौं घटनाले आफूहरूलाई सांसद र नेता भन्न लाज लाग्ने स्थिति पैदा भएको छ। देश, जनता र निर्वाचन क्षेत्रमा केही गरौंला भन्ने  सपना पूरा सकेन। कानुन बनाउँदा देशको दीर्घकालीन हितलाई ध्यान दिनुपर्नेमा बहुमत र अल्पमत पक्ष पो देखियो। यस्तो अवस्थामा सुधार ल्याउन नेताहरू स्वयं सुध्रिन र सच्चिन आवश्यक छ’, उनी भन्छन्।  

देश बनाउने हो भने सत्ता र प्रतिपक्ष मिलेर न्यायालयदेखि विभिन्न आयोगसम्ममा भागबन्डामा भइरहेका राजनीतिक नियुक्ति अन्त्य गरिनुपर्नेमा जोड दिँदै उनले दलको सिफारिसमा नियुक्त व्यक्तिबाट स्वतन्त्र निर्णयको सुनिश्चितता हुनै नसक्ने तर्क गरे। राज्यका संयन्त्रमा हुने नियुक्ति प्रतिस्पर्धा र मेरिटका आधारमा हुनुपर्छ भन्दै नेकपा (माओवादी) का तर्फबाट लामो राजनीति गरेका साहले महत्त््वपूर्ण नियुक्ति र कानुन तर्जुमा गर्दा दलीय घेराभन्दा माथि उठ्नुपर्ने सुझाव दिए।

एक वर्षका कार्यकालमा दुई-तीनवटा मात्रै विधेयक पारित हुनु दुःखद् भएको बताउँदै उनले समयमा कानुन बन्न नसक्दा प्रदेश र स्थानीय तहले आआफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउन चुनौती खडा भइरहेको प्रतिक्रिया दिए। उनले मुलुकका बाल सुधार केन्द्रलाई व्यवस्थित गर्न तुरुन्त कानुन संशोधनको आवश्यकता औंल्याउँदै भने, ‘बाल सुधार गृहमा युवा र बालबालिकालाई एकै ठाउँमा राख्दै थप आपराधिक क्रियाकलाप हुँदै आएको छ।’

प्रतिनिधिसभा र राष्ट्रियसभा मातहतका समितिमा रहेका तथा लोकतन्त्र र संघीयता कार्यान्वयनमा महत्त्वपूर्ण मानिएका विधेयक आगामी संसद् अधिवेशनमा पारित गर्नुपर्ने औंल्याउँदै उनले कानुन निर्माणमा सत्ता र विपक्ष भावना नभई सर्वसम्मति हुनुपर्ने धारणा राखे। नीति र कानुन बनाउने जिम्मेवारी रहेको सार्वभौमसत्ता सम्पन्न संसद्मा सत्ता भागबन्डा तथा सत्तामा पुग्ने र टिक्ने प्रतिस्पर्धाले मुुुख्य जिम्मेवारीलाई ओझेलमा पारेको उनले बताए। उनी भन्छन्, ‘प्रमाणित नै हुन नसक्ने ससाना विषयलाई नियतवश फुस्स प्रवेश गराएर सदन अवरुद्ध गराउने प्रचलन पनि देखियो। यस्ता क्रियाकलापले सदन लोकदोहोरी खेल्ने थलो बनेको छ।’

सदनलाई कसरी प्रभावकारी र परिणाममुखी बनाउने भन्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने औंल्याउँदै उनले कतिपय अवस्थामा सदन र संसदीय समितिका बैठक छाडेर सांसद अरू नै क्रियाकलापमा संलग्न हुने गरेको उदाहरण प्रस्तुत गरे। उनका अनुसार, संसदीय मर्यादा र गतिविधि बाहिर गएर जनप्रतिनिधि नै बैठकमा प्रस्ुतत हुँदा मतदातामा गलत सन्देश प्रवाह हुन सक्छ। यो सांसद र संसद्का लागि सुहाउँदो विषय होइन। उनीहरूले संसद्को गरिमा बुझ्नुपर्छ। कतिपय अवस्थामा त्यो देखिन्न। उनले भने, ‘सबैलाई स्वीकार्य हुने कानुन बनाए मात्र राष्ट्रलाई हित हुन्छ। त्यो भएन भने कार्यान्वयन नहुँदै आन्दोलन हुन्छ अनि लागू गर्न कठिन हुन्छ। सर्वसम्मतिमा कानुन तथा सर्वदलीय आधारमा नीति र कार्यक्रम बनाएर जानुपर्छ।’
अर्को समाचार
महावीरको सिधा कुराः ‘मेरो पारा यस्तै हो’
२१ माघ २०८२
•
४ मिनेट पाठ
महावीरको सिधा कुराः ‘मेरो पारा यस्तै हो’
म्याग्दीमा स्वतन्त्रबाट उम्मेदवार बनेका महावीर पुन। तस्बिरः नागरिक
डाँडाखानी गाउँका दाजुभाई दिदीबहिनीहरु, महावीर पुन आएको छ, चुनावमा उम्मेद्वार भएर आएको छ। ल भेटघाट गर्न चाहनेहरु आउनुस। प्रश्न छ भने सोध्नुस, भोट दिन मन लागे भोट दिनुस। आयो, ल, दाजुभाई दिदिबहिनी, उताउताबाट पनि आउनुस, यताबाट पनि आउनुस। भोट दिन मन नलागे के गर्ने भन्ने एकजना महिलाको प्रतिक्रियाको जवाफमा पुनले भनेका छन, अ, नदिएपनि हुन्छ।

सामाजिक संजाल टिकटकमा केहीदिन अघि पोष्टिएको महावीर पुनको चुनावी प्रचार भिडियोमा हजारौंले प्रतिक्रिया दिँदै अधिकांशले बधाईको शुभकामना पस्किएका छन। पुनको निर्वाचन प्रचारप्रसारको शैलीको प्रशंसा गर्दै कतिपयले मत दिउँदिउँ लाग्ने बनाएको भनेर प्रतिक्रिया दिएका छन। हजारौले मन पराएका पुनका भिडियोमा प्रतिक्रिया दिँदै निर्वाचनको प्रचार शैली अरु दलको भन्दा भिन्न रहेको भन्ने जवाफ दिएका छन।

जेनजी आन्दोलनपछि शिक्षामन्त्री बनेका पुन मन्त्री पद छाडेर एकाएक म्याग्दीमा स्वतन्त्रबाट उम्मेद्वारी दिएर निर्वाचनमा होमिएमा थिए। मन्त्री हुँदाको जीवनशैलीले चर्चा कमाएका पुनको निर्वाचन प्रचारशैलीले पनि अहिले धेरैलाई तानेको छ। साधारण जीवनशैली, तडकभडकबिनाको निर्वाचन प्रचारप्रसारको तरिकाले पनि धेरैको ध्यान पुनतिर खिचेको छ। आफैले बनाएको भिडियो सामाजिक संजालमा पोष्टिँदै पुनले गाउँले पाराले मतदातासँग मत मागिरहेका छन। मतदाता भेट्न गाउँगाउँ जाने क्रममा उनले हिमाली श्रृंखलादेखि गाउँका सम्पदाको समेत प्रचारप्रसार गर्दै भिडियो साझा गर्ने गरेका छन।  

उनले साझा गरेको एउटा भिडियोमा भनेका छन, ‘म केही वाचा गर्दिन है, तपाईलाई मन पर्दैन भने नदेउ, मैले सकेको कुरा गर्छु। म मेरो फाइदाको लागि काम गरेको छैन अहिलेसम्म। मलाई पनि अरुसँग तुलना नगर। एक एकवटा पर्चा समात, राख, साथीभाईलाई पनि देउ। मलाई विश्वास लाग्छ भने, यो मान्छेले गर्ला जस्तो लाग्छ भने भोट देउ। म जानकारी दिन आएको हुँ।’ पुनले पोष्टिएका मध्ये मतदातासँगको भेटघाटका क्रममा एउटा भिडियोमा भनेका छन, ‘पैसामा कोही नबिक्नु। २/४ हजार पैसामा बिके नर्कमा गइन्छ। भविश्यमा छोरानातीलाई धोका हुनेछ। पैसामा बिकेमा छोरा नातीले दुख पाउँछन।’  

सामाजिक सञ्जालमा मात्र सन्देश प्रवाह नगरि पुन सक्रिय रुपमै अहिले निर्वाचनमा होमिएका छन। बुधबार दिउँसो सम्पर्क गर्दा पुन निर्वाचनकै प्रचारप्रसारका क्रममा म्याग्दीको चीमखोला पुगेका थिए। 

चीमखोलाबाट उनले नागरिकसँग भने, ‘म चुनाव प्रचारका लागि हिडेको छु। अहिले चिमखोला छु। मतदाताले भोट दिए भने जिन्छु। जे जे हुन्छ, हुन्छ, मेरो पारा यही नै हो।’ आफु स्वतन्त्र उम्मेदवार भएर चुनावी मैदानमा खटिएकोले उनले मतदाताबाट सहयोगको अपेक्षा रहेको पनि बताए। ‘घरदैलो गरिरहेको छु । गाउँमा युवापुस्ताका मतदाता त कम छन। तर, मेरो प्रचार शैली यही नै हो। मतदाताले मन लागे भोट दिन्छन, नत्र दिन्नन।’
जिल्लाबासी पनि पुनको प्रचारप्रसार शैलीबाट प्रभावित भएका छन। स्थानीय पत्रकार हरिकृष्ण गौतम भन्छन, ‘पुनको निर्वाचन प्रचार शैली अरु दलका नेताको भन्दा भिन्न छ। साधारण तरिकारले उनले प्रचार प्रसार गरिरहेका छन । मतदातालाई प्रलोभन देखाएका छैनन। आफ्नै लवजमा मतदातासँग भेटघाट गर्ने उनको शैली अरु दलका नेताको भन्दा भिन्न छ।’  

केहीदिन अघि प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामन्त्री हुँदा मन्त्री पुनले केही राम्रा काम गर्न प्रयास गरेको भएपनि त्यसमा सघाउन नसकेको भनेर प्रतिक्रिया दिएपछि त्यो भनाईपछि मतदाताको मन अझै पुनप्रति बलिएको उनी बताउँछन्। ‘मन्त्री हुँदा केही राम्रो गर्न खोजेका रहेछन भन्ने बल्ल अहिले अरुले पनि बुझ्ने मौका पाएका छन,’ उनले भने। प्रधानमन्त्री कार्कीले केहीदिन अघि मन्त्री हुँदा पुनले केही राम्रा कानुन बनाउन खोजेपनि छोटो समयमा ती कानुन बनाएर सघाउन नसकेको बताएकी थिइन।  

जिल्लामा अहिले कांग्रेसका तर्फबाट कर्णबहादुर भण्डारी तथा एमालेबाट हरिकृष्ण श्रेष्ठ उम्मेदवार छन। रास्वपाले पुनलाई नै सघाउने बताईसकेको छ। चुनावी प्रतिश्पर्धा हेर्दा ठुला भनिएका दलसँग एक्ला पुनको प्रतिश्पर्धा रोमाञ्चक बन्ने अनुमान स्थानीय बुद्धिजिविको छ। म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदी भन्छन, ‘रास्वपाले पुनलाई समर्थन गरेको तथा अहिलेका तरल अवस्थाका मतदाताको मत पुनतिर जाने सम्भावना पनि रहेको छ।’ पुन आफै जनजाती भएको र म्याग्दीका अधिकांश मतदाता जनजाती रहेकोले पनि पुनले मत तान्न सक्ने सम्भावना रहेको उनले बताए।  

‘मतदातामा अहिले भोट परिवर्तनको लहर पनि छ । त्यसको लाभ पुनले लिन सक्ने अनुमान छ। अरु दलका नेताको भन्दा फरक शैलीको पुनको प्रचारले धेरैतिर लोभ्याएको पनि छ,’ उनले भने, ‘साधारण जीवनशैली, प्रचारप्रसारमा तडकभडक नहुनु, खर्चमा नियन्त्रण, प्रचारप्रसारको स्थानीय लवज जस्ताले अहिले पुनलाई साथ मिल्न सक्छ।’ खर्च पनि निकै कम गरेर प्रचारप्रसार गरेको र गाउँगाउँका मतदाता भेटन् गाउँमै गएकोले पनि पुनतर्फ धेरैको ध्यान खिचिएको उनले बताए।

‘प्रचारप्रसारमा ठूलो टिम पनि छैन। सामान्य तरिकाले मत मागिरहेका पुनले सामाजिक सञ्जाल तताएका छन। म्याग्दीमा मात्र नभई सबैतिर अहिले पुनको चर्चा छ,’ उनले भने, ‘कसैलाई झुटा आश्वासन पनि उनले दिएका छैनन। मान्छेको मत पनि जितेका छन।’

शिक्षासम्बन्धी विधेयक पास नभएपछि मन्त्री छाडेको भनेर प्रधानमन्त्रीले केहीदिन अघि भनेको आधारमा पुनप्रति झनै आकर्षण बढेको उनले बताए। ‘पुन आफैमा विवादित पात्र पनि होइनन। उनीप्रति समाज नकारात्मक पनि छैन,’ उनले भने। पुनले अन्नपूर्ण गाउँपालिका–८, हिमाञ्चल माविमा वर्र्षाैअघि वायरलेस इन्टरनेट जडान गरेर पहिचान कमाएका थिए। पछि त्यहि गाउँमा होमस्टे संचालन गर्न पनि उनले सघाएका थिए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस