मुम्बई, फागुन २६ (एजेन्सी)-भारतीय क्रिकेटका पूर्व कप्तान राहुल द्रंविडले अन्तर्राष्ट्रिय तथा घरेलु प्रथम श्रेणी क्रिकेटबाट सन्यास लिएका छन्।
भरपर्दा ब्याट्सम्यान मानिने द्रविडको सन्याससँगै भारतीय क्रिकेटको एउटा युग समाप्त भएको मानिएको छ।
द्रविडले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआइ) अध्यक्ष एन श्रीनिवासन तथा पूर्व भारतीय कप्तान एवं कर्नाटक राज्य क्रिकेट संघका अध्यष अनिल कुम्बलेको उपस्थितिमा शुक्रबार सन्यासको घोषणा गरे।
१६ वर्षको आफ्नो खेल जीवनमा भारतीय क्रिकेटलाई नयाँ उचाइ प्रदान गरेका द्रविडले आफ्नो सन्यासको घोषणा गर्दै भने,'मलाई निकै दुखका साथ यो निर्णय लिनु परेको छ। तर लामो समयसम्म भारतीय टिमका लागि खेल्न पाउदा मलाई गर्व लागेको छ।'
बिसिसिआइ अध्यक्ष श्रीनिवासनले द्रविडलाई भारतीय क्रिकेटको महान आदर्स बताए। भारतीय टिमको पर्खालको उपनाम पाएका द्रंविडले अप्रेलमा सुरु हुने इन्डियनि प्रिमियर लिग (आइपिएल)को पाँचौं संस्करणमा राजस्थान रोयल्सको नेतृत्व गर्ने भएका छन्।
भारतीय क्रिकेट टिमका वरिष्ठ सदस्य सचिन तेन्दुलकरले द्रविडको अभाव ड्रेसिङ रुममा महसुस हुने बताएका छन्।
सन् १९९६मा क्रिकेटको तिर्थस्थल मानिने लर्ड्स मैदानमा द्रविडले टेष्ट जीवनको सुरुवात गर्दै पहिलो टेष्टमै ९५ रन बनाएका थिए। उनले अहिलेसम्म १ सय ६४ टेष्ट खेल्दै ५२ दशमलव ३१ को औसत सहित १३ हजार २ सय ८८ टेष्ट रन बनाएका छन्। जसमा ३६ सतक तथा ६३ अर्द्धसतक सामेल छ।
त्यस वाहेक सर्वाधिक क्याचको विश्व कीर्तिमान पनि उनकै नाममा छ। उनले कुल २ सय १० क्याच समाएका छन्। त्यसैगरी ३ सय ४४ एक दिने अन्तर्राष्ट्रिय म्याचमा उनले ३९ दशमलव १६ को औसत सहित १० हजार ८ सय ८९ रन बनाएका छन्। जसमा १२ सतक तथा ८३ अर्द्ध सतक सामेल छन्।
बेला बेलामा विकेट किपिङ पनि गर्दै उनले १ सय १४ क्याच समाउनुकासाथै १४ जना ब्याट्सम्यानलाई स्टम्प आउट गरेका छन्।