किन कमजोर हुँदै छन् मोदी ?
२१ चैत्र २०७५
•
१४ मिनेट पाठ
किन कमजोर हुँदै छन् मोदी ?
काठमाडौँ – भारतमा १७ औँ लोकसभा निर्वाचन सुरु हुन केही दिन मात्र बाँकी छ। अप्रिल ११ गतेबाट हुने निर्वाचन सात चरणमा हुने छ भने मतगणना मे २३ बाट हुने बताइएको छ।




विश्वकै ठूलो प्रजातान्त्रिक देशमा हुन लागेको निर्वाचनमा करिब ९ मिलियन भारतीय सहभागी हुँदै छन्। अघिल्लो लोकसभा निर्वाचनमा ८ सय ५० मिलियन भारतीय निर्वाचनका लागि योग्य रहेकोमा ५ सय ३० मिलियन मात्रै सहभागी थिए। निर्वाचन नजिकिँदै गर्दा भारतीय निर्वाचनलाई लिएर शक्ति राष्ट्रबीच पनि चासो बढ्दै गएको छ।

विदेश मामिलाका जानकाहरूको मतलाई विश्वास गर्ने हो भने भारतमा हुने लोकसभाको यो निर्वाचनमा पश्चिमा शक्ति र चीनको पनि विषेश चासो छ। निर्वाचनमार्फत स्थापित हुने शक्तिसँगको आफ्नो सम्बन्धलाई लिएर शक्ति राष्ट्रहरूको भारतीय निर्वाचनमा चासो बढेको हो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा प्रकाशित विचारलाई अध्ययन गर्ने हो भने भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको ठाउँमा पश्चिमा शक्ति अन्य व्यक्तिलार्ई भारतीय प्रधानमन्त्रीको ठाउँमा हेर्न चाहन्छन्। यो विचारसँग जापनस्थित किस्चियन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक स्टेफेन न्यागी पनि समर्थन गर्छन्। 

मोदीलाई आफ्नो स्वार्थअनुकूल चलाउन नसकिएको निकर्षसहित पश्चिमा शक्ति विशेषतः अमेरिका, मोदीको विकल्प खोज्दै छ। पछिल्लो केही समय अमेरिका र भारतबीचको सम्बन्ध उत्साहप्रद नरहेको विश्लेषकहरू बताउने गर्छन्।अमेरिकाले इरानमाथि गत नोबेम्बर ४ देखि लगाउने भनेको नाकाबन्दीलाई भारतले विरोध गर्नु, सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रभावित पारेको आरोप लागेको रसियामाथि अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीलाई भारतले असहयोग गर्नुलगायत कारण पनि अमेरिका भारतीय नेतृत्वसँग खासै खुसी नभएको बताइन्छ। 

न्यागी भन्छन्, ‘मोदी नै भारतको नेतृत्वमा पुनःस्थापित हुँदा भारतमार्फत आफ्नो स्वार्थसिद्ध गर्न पश्चिमा देशलाई गाह्रो पर्ने निश्चित छ।’ सन् २०१४ को लोकसभा निर्वाचनमा कुल ५ सय ४३ मध्ये २ सय ८२ सिट ल्याएर मोदीको दल भारतीय जनता पार्टी सत्तामा आएको थियो।

इन्दिरा गान्धीको पालामा कंग्रेस बहुमत सरकार गठनपछि एकल सरकार गठन गर्ने भाजपा नै पहिलो दल हो। लामो समय गठबन्धन सरकार चलेको भारतमा गठबन्धन सरकारलाई प्रभावमा पारेजस्तै बहुमत सरकारका प्रधानमन्त्रीलाई आफूअनुकूल चलाउन शक्ति राष्ट्रलाई सहज नभएको विश्वास गरिन्छ। 

यस्तो अवस्थामा लोकसभा निर्वाचनलाई प्रभावित पार्दै आफूअनुकुल सरकार गठन गर्न केही शक्ति राष्ट्र उद्यत रहेको जानकारहरूको मत देखिन्छ। 

अर्कोतर्फ उदाउँदो शक्ति राष्ट्र चीन भने मोदीकै निरन्तरताको पक्षमा रहेको दखिन्छ। एकल निर्णय लिन सक्ने मोदीसँग जसरी काम गर्न सकिन्छ त्यस्तो वातावरण अब बन्ने सरकारसँग हुनेमा ऊ अनिश्चित देखिन्छ। 

सन् २०१४ को लोकसभा निर्वाचनलाई मोदीकै कारण भाजपाले पकड बनाएको भाजपा कै नेताहरू स्विकार्छन्।मोदी सरकार गठनपछिको पछिल्लो पाँच वर्ष मूल्यांकन गर्ने हो भने पनि यस सरकार अधिकांश निर्णयमा हाबी देखिन्छ। यस्तो अवस्थामा मोदी नेतृत्व सरकारको सदस्यबाट पनि आफूअनुकुल काम हुन नसकेको शक्ति राष्ट्रहरूको ठम्याइ छ। 

अर्कोतर्फ उदाउँदो शक्ति राष्ट्र चीन भने मोदीकै निरन्तरताको पक्षमा रहेको दखिन्छ। एकल निर्णय लिन सक्ने मोदीसँग जसरी काम गर्न सकिन्छ त्यस्तो वातावरण अब बन्ने सरकारसँग हुनेमा ऊ अनिश्चित देखिन्छ। 

केही समयअघि एक कार्यक्रममा सहभागी हुन काठमाडौँ आएका जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक स्वर्ण सिंहले पनि मोदी नेतृत्वको सरकारको पक्षमा चीन रहेको बताएका थिए। 

‘व्यवस्थाभन्दा पनि नेतृत्वसँग काम गर्न चीन इच्छुक हुने देश हो। यस्तो अवस्थामा मोदीको सट्टा आउने अर्को नेतासँगको सम्बन्ध विस्तारमा चीनलाई समय खर्च गर्नुपर्ने हुन्छ,’ सिंह भन्छन्, ‘चीनलाई निर्वाचनबाट स्थापित हुने अन्य नेतासँगभन्दा मोदीसँग काम गर्न सहज हुने भएकाले पनि चीन निश्चित रुपमा मोदीको पक्षमा रहेको बुझ्न सकिन्छ।’

पश्चिमा शक्ति राष्ट्र मोदीलाई शक्तिबाट विस्थापित गर्न चाहनुको कारण नै ‘इन्डो प्यासिफिक’ रणनीति हो भन्ने बुझ्न सकिन्छ। अमेरिका, जापान, अस्टे«लिया, भारत सम्मिलित राष्ट्रले विश्वमा चीनको बढ्दो प्रभावलाई निस्तेज पार्न ल्याइएको इन्डो प्यासिफिक रणनीतिलाई लिइन्छ। अमेरिकाको नेतृत्वमा अघि बढेको यो रणनीतिमा भारतको सहभागिता भए पनि भारत अमेरिकी रणनीतिमा पूर्ण एकाकार हुन सकेको छैन।

यो विषयमा भारतको संस्थापन र सत्तापक्षबीचको बुझाइ नै फरक रहेको बताइन्छ। एकथरी भन्छन्– भारत आफैं सक्षम भएकाले विश्वलाई आगामी दिनमा आफैं नेतृत्व दिनुपर्छ। उनीहरूको विचारमा कुनै खेमामा रहेरभन्दा पनि स्वतन्त्र रुपमा भारत अघि बढ्नुपर्छ। 

यो विचारसँग वर्तमान भारतीय सरकारपक्ष नजिक रहेको बताइन्छ। यस्तै अर्को तप्काको विचार छ– बढ्दो चीनको प्रभाव नियन्त्रण गर्न पनि भारतलाई अमेरिकासहितको शक्ति राष्ट्रसँग सहकार्य गर्नुको विकल्प छैन। चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभलाई लिएर भारतीयहरू पश्चिमा राष्ट्रसँग सहकार्य गर्नुपर्ने विचार राख्छन्।

अघिल्लो वर्ष क्वाड राष्ट्र (अमेरिका, जापान, अस्टे«लिया र भारत) सम्मिलित राष्ट्रबीचको सैन्य अभ्यासमा सहभागी नभएको भारत सांघाई सहयोग संगठन (एससीईओ) सम्मिलित राष्ट्रको सैन्य अभ्यासमा भने सहभागी भएको थियो।एससीईओ चीन नेतृत्वको संगठन हो जहाँ भारत र पाकिस्तान अघिल्लो वर्षबाट औपचारिक रुपमा सहभागी भएका हुन्। क्वाड राष्ट्रबीच भएको सैन्य अभ्यासमा भारतको अरुचि र एससीईओमा सहभागिता जनाउनुले पनि धेरै कुरा बताउने जानकारहरू बताउँछन्।

चीन–मोदीबीच उतारचढाव

सन् २००२ मा भएको गुजरात दंगामा १ हजारभन्दा बढी मानिस ज्यान गएको थियो। हिन्दु र मुस्लिम समुदायबीच भएको दंगाका बेला गुजरातका मुख्यमन्त्री मोदी थिए।

यस घटनामा पश्चिमा देशले मोदी जोडे। मोदीलाई ती राष्ट्रहरूले बहिष्कार नै गरे। तर, चीन भने यो मामिलामा मुछिएन । उसले मोदीसँग समधुर सम्बन्ध बनाउन सक्यो। फलस्वरुप गुजरात विकासमा चीनको ठूलो हात रहेको मान्न सकिन्छ। 

गुजरात विकासको मोडेल देखाएर केन्द्र सरकारको प्रधानमन्त्रीसम्म भएका मोदीसँग चीनको सम्बन्ध सुरुवाती अवस्थाको जस्तो नरहेको देखिन्छ। 

निर्वाचनमा गरेको बाचा पूरा गर्न नसकेको, छिमेकी देशसँगको सम्बन्ध बिगारेको, अव्यवहारिक नीति ल्याएको जस्ता विषयमा मोदी आलोचित छन्। भारतको उपलोकसभा निर्वाचनका रुपमा व्याख्या गरिएको गत डिसेम्बरमा भएको पाँच प्रदेशको निर्वाचनमा मोदी नेतृत्वको भाजपा पराजित भएको थियो।

सन् २०१४ मा भारतको प्रधानमन्त्री भएयता मोदी पाँच पटक चीन भ्रमणमा गइसके। गुजरात विकासमा चीनले गरेको सहयोग सम्पूर्ण भारतको विकास लागि पनि हुने जुन विश्वास थियो, त्यसअनुरुप लगानी भारतमा नआएको बताइन्छ।

विशेषत : भारतले न्युक्लियर सप्लायर्स ग्रुपका लागि गरेको पहल चीनले अस्वीकार गर्नु, पछिल्लो पाँच वर्षमा भारतले विश्व आतंककारीको रुपमा सूचीकृत गर्न पहल गरेको जैस–ए–महम्मद का नेता मशुद अजरलाई चीनले चार पटकसम्म संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा रोक्नुले भारत र चीनको सम्बन्धमा पछिल्लो पटक देखिएको चिसोपना भएको जानकारहरू बताउने गर्छन्।

सँगै सार्क राष्ट्र श्रीलंका, माल्दिभ्स, भुटानलगायत देशको निर्वाचनमा आफ्नो प्रभुत्व स्थापना गर्ने क्रममा भारत–चीनको टकरावले पनि यी राष्ट्रबीच केही हदसम्म अविश्वासको वातावरण बनेको उनीहरूले बताउँदै आएका छन्। यस्तै दोक्लाम विवाद पनि यसलाई मलजल गर्ने अर्को कारण भएको देख्न सकिन्छ। 

यिनै विविध कारणले गर्दा मोदी नेतृत्वको सरकार चीनसँग सशंकित रहेको बताइन्छ। मोदी दक्षिणपन्थी अधिनायकवादी भएको आरोप भारतभित्रै  लाग्दै गर्दा उनीविरुद्धको अभिमत पनि घट्दै गएको छ। 

चुनावअघिको प्रारम्भिक निर्वाचन सर्वेक्षणमा पनि अघिल्लो निर्वाचनको तुलनामा यो लोकसभा चुनाव मोदी नेतृत्वको दललाई अप्ठेरो पर्न सक्छ। देशलाई धर्मका आधारमा विभाजित गरेको, फरक धर्मका मानिसप्रति असहिष्णु रहेको आरोप उनीमाथि लाग्दै आएको छ। 

निर्वाचनमा गरेको बाचा पूरा गर्न नसकेको, छिमेकी देशसँगको सम्बन्ध बिगारेको, अव्यवहारिक नीति ल्याएको जस्ता विषयमा मोदी आलोचित छन्। भारतको उपलोकसभा निर्वाचनका रुपमा व्याख्या गरिएको गत डिसेम्बरमा भएको पाँच प्रदेशको निर्वाचनमा मोदी नेतृत्वको भाजपा पराजित भएको थियो।

यस्तो अवस्थामा आगामी निर्वाचनमार्फत मोदी पुनःसत्तामा स्थापित हुन्छन् कि हुँदैनन् यो विषयको प्रतीक्षा भारतीय मात्रैलाई होइन, पश्चिमा शक्तिराष्ट्र, उदाउँदो शक्तिराष्ट्रलगायत नेपाललाई पनि हुने छ।
अर्को समाचार
कक्रोच भारतमा ठुलो आन्दोलन बन्ला?
२५ जेष्ठ २०८३
•
६ मिनेट पाठ
कक्रोच भारतमा ठुलो आन्दोलन बन्ला?
कक्रोेच जनता पार्टी (सिजेपी) ले शनिबार नयाँ दिल्लीको जन्तरमन्तरमा ठुलो प्रदर्शन गर्‍यो । केही दिनमै दुई करोडभन्दा बढी फलोअर बनाएको ‘कक्रोेच इज ब्याक’ नामक सामाजिक सञ्जाल अभियानको आह्वानमा उल्लेख्य संख्यामा समर्थक राजधानीमा भेला भए । प्रदर्शनकारीले एक स्वरमा भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरे । सिजेपीले यसका लागि सरकारलाई एक साताको अल्टिमेटम दिएको छ।




यस्तो अवस्थामा प्रश्न उठेको छ– सिजेपीको आगामी बाटो के हुने छ? केही राजनीतिक विश्लेषकहरूले यसलाई अझै अपरिपक्व र स्पष्ट दिशा नभएको आन्दोलनका रूपमा हेरेका छन् । उनीहरूका अनुसार अनुभवी नेतृत्वको अभाव यो आन्दोलनको प्रमुख कमजोरी हो । तर सिजेपीले उठाएका मुद्दाप्रति सर्वसाधारणको बढ्दो आकर्षण र सहभागितालाई हेर्दा केही विश्लेषकले यसमा भविष्यको सम्भावना पनि देखेका छन्।

सिजेपीका प्रवक्ता सौरभ दासले आन्दोलनको प्रमुख माग पूरा भएपछि भविष्यको योजना सबै मिलेर तय गर्ने बिबिसीलाई बताएका छन् । उनले यो अभियान पीडित युवाहरूको साझा मञ्च भएको बताए । ‘हाम्रो भविष्य भनेको हालको संघर्ष हो । शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्छ अथवा प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई राजीनामा दिन बाध्य पार्नुपर्छ भन्ने माग हामी गरिरहेका छौं,’ उनले भने।

प्रवक्ता दासका अनुसार ठुलो संख्यामा मानिसहरूको उपस्थितिले आन्दोलनलाई वैधता र स्वीकार्यता प्रदान गरेको छ । ‘कतिपय समर्थक अन्य सहरमा भएकाले आउन सकेनन् तर अब हामीलाई विश्वास भइसकेको छ कि यो आन्दोलन सही दिशामा अघि बढिरहेको छ,’ उनले भने । प्रदर्शनमा कति मानिस सहभागी भए भन्ने विषयमा पसन सामाजिक सञ्जालमा बहस चलेको छ । सिजेपीका अर्का प्रवक्ता अभिषेक रांकाले सहभागी संख्या सहजै हजारौं भएको दाबी गरेका छन्।

वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक शरद गुप्ताका अनुसार जन्तरमन्तरमा देखिएको भिडले भारतमा व्यवस्थाप्रति जनतामा रहेको असन्तोष र आक्रोशलाई प्रतिविम्बित गर्छ । उनले यसलाई निर्भया काण्डपछि समर्थकहरू मौसमको पर्वाह नगरी सडकमा उत्रिएको अवस्थासँग तुलना गरेका छन् । तर उनको विचारमा हालको अवस्थामा यो आन्दोलन विगतमा बिपी सिंह, जयप्रकाश नारायण अथवा अन्ना हजारेको आन्दोलनजस्तो व्यापक रूप लिन कठिन देखिन्छ । ‘भाजपाले युवालाई विभिन्न माध्यमबाट जोडेर राखेको छ । प्रधानमन्त्री मोदी स्वयं युवासँग संवाद गर्छन्, परीक्षा पे चर्चाजस्ता कार्यक्रम सञ्चालन गर्छन्,’ उनले भने।

बदलिँदो राजनीतिक वातावरण

वरिष्ठ पत्रकार तथा विश्लेषक स्मिता गुप्ताका अनुसार यो आन्दोलन यस्तो समयमा भएको छ, जतिबेला मोदी सरकारको प्रारम्भिक लोकप्रियताको प्रभाव कमजोर हुँदै गएको छ । ‘देशको आर्थिक अवस्था, पश्चिम एसियामा चलिरहेको युद्धलगायतका कारण मानिसमा निराशा बढिरहेको छ,’ उनले भनिन्, ‘जनताले अहिलेको परिस्थितिबाट थकान महसुस गर्न थालेका छन्।’

ठुलो आन्दोलनको सम्भावना

सिजेपीका नेताहरूका अनुसार युवाका वास्तविक समस्या बारम्बार धर्म, जाति र अन्य विवादास्पद मुद्दाहरूले ओझेलमा पारिएका छन् । उनीहरू अहिले शिक्षामन्त्री प्रधानको राजीनामालाई मुख्य अजेन्डा बनाइरहेका छन्  तर शरद गुप्ताका अनुसार आन्दोलनसँग स्पष्ट रणनीति र दीर्घकालीन योजना छैन । ‘युवाको आक्रोशलाई यसले अभिव्यक्ति दिएको छ तर स्पष्ट दिशा नपाएसम्म यस्तो आक्रोश कहिले यता त कहिले उता भड्किन सक्छ,’ उनले भने । यद्यपि स्मिता गुप्ताले यस आन्दोलनमा सम्भावना देखेकी छन् । उनका अनुसार रोजगारी, शिक्षा र युवाको भविष्यसँग जोडिएका विषयले आम नागरिकलाई प्रत्यक्ष असर गर्ने भएकाले आन्दोलनको आधार फराकिलो हुन सक्छ । उनको विचारमा लोकतन्त्र वा अभिव्यक्ति स्वतन्त्रताजस्ता वैचारिक मुद्दामा आधारित आन्दोलनहरू सीमित समूहमा केन्द्रित हुन सक्छन् तर सिजेपीले उठाएका मुद्दाले युवाका अभिभावक र परिवारलाई समेत जोड्न सक्छ।

सिजेपी चुनावी राजनीतिमा जाला?

सिजेपी अन्ततः प्रत्यक्ष राजनीतिमा प्रवेश गर्छ कि गर्दैन भन्ने प्रश्न पनि उठ्न थालेको छ । बिबिसीले यसबारे सोध्दा उक्त पार्टीका प्रवक्ता आशुतोष रांकाले भने, ‘सबै कुरा राजनीतिक हुन्छ । हामीले सास फेर्ने हावा, पिउने पानी र पढ्ने विद्यालय सबै राजनीतिद्वारा प्रभावित हुन्छन् । त्यसैले राजनीतिक र अराजनीतिक भन्ने छुट्याउन गाह्रो छ।’

राजनीतिक विश्लेषक शरद गुप्ताका अनुसार जसरी अन्ना हजारेको आन्दोलनबाट पछि अरविन्द केजरीवाल राजनीतिमा आएका थिए, त्यस्तै सम्भावना सिजेपीको सन्दर्भमा पनि नकार्न सकिँदैन । गुप्ताले भने, ‘जब अरविन्द केजरीवालले आन्दोलन सुरु गरेका थिए, त्यतिबेला धेरैले आन्दोलन गर्नु र चुनाव लड्नु फरक कुरा हो भनेका थिए तर उनले पछि चुनाव जितेर देखाए । सिजेपीले पनि भविष्यमा त्यस्तै बाटो रोज्न सक्छ।’

विश्लेषक गुप्ताका अनुसार अहिले सिजेपीका नेतृत्वकर्ता युवा र अनुभवहीन देखिए पनि भविष्यमा उनीहरूले अपेक्षाभन्दा ठुलो समर्थन प्राप्त गर्न सक्ने सम्भावना छ । त्यसो त जन्तरमन्तरमा सञ्चारकर्मीसँग कुरा गर्दै सिजेपीका प्रवक्ता आशुतोष रांकाले आफ्नो संगठनलाई युवा, शिक्षा, संविधान र भारतको पक्षमा उभिएको संगठनका रूपमा व्याख्या गरेका छन् । ‘तपाईंहरू यसलाई जुनसुकै नाम दिन सक्नुहुन्छ । यो युवाहरूको सामूहिक मञ्च हो, युवाहरूको आन्दोलन हो,’ उनले भने।

भविष्यमा ‘कक्रोच जनता पार्टी’ नाम परिवर्तन गर्ने योजना छ कि भनेर पनि सोधिएको थियो । उनले उत्तर दिँदै भने, ‘नामभन्दा महत्त्वपूर्ण यसको सन्दर्भ हो । करिब एक महिनाअघि व्यंग्यका रूपमा यसको सुरुआत भएको थियो । पछि यसमा जनता र पार्टी शब्द थपियो। नामबारे बहस हुन सक्छ तर यसको मूल सन्दर्भ हटाउन सकिँदैन।’

सिजेपीका संस्थापक तथा संयोजक अभिजित दिप्केले ‘धेरै युवाले एकजुट हुनुपर्छ र साझा प्लेटफर्म बनाउनुपर्छ भनेअनुसार नै यो अभियान सुरु भएको’ बताए । जन्तरमन्तरमा भएको प्रदर्शनपछि चर्चित राजनीतिक विश्लेषक योगेन्द्र यादवले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सिजेपीलाई बेवास्ता गर्नु वा परम्परागत राजनीतिक मापदण्डबाट मात्र मूल्यांकन गर्नु गल्ती हुने छ।’

उनले थपेका छन्, ‘कक्रोेच जनता पार्टी कुनै राजनीतिक दल होइन । यो आम जनताको एउटा अभिव्यक्ति हो । यो परम्परागत अर्थमा आन्दोलन पनि होइन बरु एउटा विशेष क्षण हो र यही कारणले यो महत्त्वपूर्ण छ ।’ केही विश्लेषकहरूले नेतृत्वको अनुभवहीनतालाई मुख्य चुनौतीका रूपमा औंल्याएका छन् । शरद गुप्ताका अनुसार राजनीतिक अनुभवबिना यो समूहले ठुलो राष्ट्रिय आन्दोलनको रूप लिन कठिन हुन सक्छ । यसको नेतृत्व गरिरहेका प्रमुख प्रवक्ताहरूसँग राजनीतिक अनुभव छैन।’

समग्रमा कक्रोच जनता पार्टीले छोटो समयमा सामाजिक सञ्जाल र सडक दुवैमा उल्लेखनीय चर्चा बटुलेको छ । यसले शिक्षा, रोजगारी र युवाका अवसरसँग सम्बन्धित असन्तोषलाई आवाज दिएको देखिन्छ तर यो असन्तोषलाई दीर्घकालीन, संगठित र प्रभावशाली आन्दोलनमा रूपान्तरण गर्न स्पष्ट नेतृत्व, रणनीति र संगठनात्मक संरचना आवश्यक पर्ने विश्लेषकहरूको मत छ । तत्कालका लागि सिजेपीलाई भारतका युवाहरूको बढ्दो असन्तुष्टि र परिवर्तनको चाहनाको प्रतीकका रूपमा हेरिएको छ । भविष्यमा यो केवल एक क्षणिक अभियान रहने छ वा ठुलो राजनीतिक–सामाजिक आन्दोलनमा रूपान्तरण हुने छ, त्यो भने समयले नै देखाउने छ।

(बिबिसीमा आधारित)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस