अमेरिकाको ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सम्पूर्ण सैन्य सहायता रोकेको छ। उनी निकट फक्स न्यूजका अनुसार, यो रोकमा पोल्याण्डमा रहेका हतियारहरू पनि समावेश छन्।
तीन वर्ष लामो द्वन्द्वलाई कसरी समाधान गर्ने भन्ने विषयमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको तनावपूर्ण बैठकको केही दिनपछि यो निर्णय आएको हो।
ह्वाइट हाउसका एक अधिकारीले फक्स न्यूजलाई बताएअनुसार, ‘राष्ट्रपति ट्रम्प शान्तिको पक्षमा छन्। हाम्रा साझेदारहरू पनि सोही लक्ष्यमा प्रतिबद्ध हुनुपर्छ। हामीले सहायता रोकेर यो सुनिश्चित गर्न खोजिरहेका छौं कि यसले समाधानमा योगदान पुर्याओस्।’
ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले थपे, ‘यो सहायता पूर्ण रूपमा बन्द भएको होइन, यो एक अस्थायी विराम हो। जबसम्म युक्रेनी नेताहरूले शान्ति वार्ताप्रति सकारात्मक प्रतिबद्धता देखाउँदैनन्, यो रोकिनेछ।’
गत हप्ता जेलेन्स्कीले ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग गरेको भेटले विश्वको ध्यान खिचेको थियो। ट्रम्पले युक्रेन र रूसबीचको युद्ध अन्त्य गर्न शान्ति वार्ता अन्तिम चरणमा पुगेको दाबी गरेका थिए। तर, प्रस्तावित सुरक्षा सम्झौतामा रूसबाट हुने सम्भावित आक्रमणविरुद्ध ठोस ग्यारेन्टी नभएको भन्दै जेलेन्स्कीले हस्ताक्षर गर्न अस्वीकार गरे। ‘हामी ग्यारेन्टीबिना सम्झौता गर्न सक्दैनौं, यसले आक्रमणकारी (भ्लादिमिर पुटिन) लाई मात्र फाइदा पुर्याउँछ,’ एक युक्रेनी रक्षा सल्लाहकारले भने।
जेलेन्स्कीको यो अडानले ट्रम्प र भान्स रिसाएका थिए। जेलेन्स्कीले स्मरण गराए कि रूसले २०१४ देखि २०२२ सम्म लगातार आक्रमण गरेको थियो। यसबीच अमेरिकामा ट्रम्पको पहिलो कार्यकालसहित धेरै सरकार फेरिएको भए पनि पुटिनलाई कसैले नरोको उनको आरोप थियो।
जवाफमा ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेलेको’ आरोप लगाए। जब जेलेन्स्कीलाई ‘के तपाईंलाई ट्रम्पसँगको सम्बन्ध जोगाउन सकिन्छ जस्तो लाग्छ?’ सोधियो। जवाफमा जेलेन्स्कीले भने, ‘हो, किनभने यो दुई राष्ट्रपतिभन्दा माथिको सम्बन्ध हो। यो हाम्रा जनताबीचको ऐतिहासिक र बलियो सम्बन्ध हो। म सधैं अमेरिकी जनतालाई धन्यवाद दिन्छु, उनीहरूले हामीलाई बचाए। हामी यो सम्बन्ध कायम राख्न चाहन्छौं।’
सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजका मार्क क्यान्सियनले यो रोकको प्रभाव गम्भीर हुन सक्ने चेतावनी दिए। उनले भने, ‘दुईदेखि चार महिनाभित्र युक्रेनले यो असर महसुस गर्नेछ। युरोपेली सहायताले अहिले धाने पनि, आपूर्ति आधा भएपछि युद्ध मैदानको अग्रपंक्तिमा कठिनाइ बढ्छ। अन्ततः युक्रेनले प्रतिकूल शान्ति सम्झौता स्वीकार गर्नुपर्ने स्थिति आउन सक्छ।’
ट्रम्पले मंगलबार (आज) अमेरिकी संसदमा हुने सम्बोधनमा खनिज सम्झौताको अवस्था खुलासा गर्ने तयारी गरेका छन्। उनले जेलेन्स्कीबाट शान्ति वार्ताप्रति थप कृतज्ञता र प्रतिबद्धता खोजिरहेका छन्। ‘हामीले युरोपभन्दा धेरै सहायता दिएका छौं, तर युरोपले बढी जिम्मेवारी लिनुपर्छ,’ ट्रम्पले भने।
बाइडेन प्रशासनले युक्रेनलाई अर्बौं डलरको सैन्य सहायता प्रदान गरेको थियो। तर, ट्रम्पको यो निर्णयले ढुवानीको चरणमा रहेका हतियारहरू पनि रोकिएका छन्। अब युक्रेन युरोपेली सहयोगमा निर्भर छ, तर विज्ञहरूका अनुसार यो पर्याप्त छैन। जेलेन्स्कीमाथि शान्ति वार्ता वा सम्झौताको दबाब बढ्दो छ। तर उनले रूसमाथि भरोसा गर्न नसकिने अडान राखेका छन्।
जेलेन्स्कीले रूसले भविष्यमा युक्रेनी भूभाग कब्जा गर्न नसक्ने सुनिश्चितताको माग गरेका छन्। त्यसका लागि उनले ५ खर्ब डलर बराबरको खनिज स्रोतमा अमेरिकालाई पहुँच दिन तयार रहेको बताएका छन्। तर ट्रम्पले भविष्यको ग्यारेन्टी दिन नसकिने अडान लिएका छन्। यो घटनाले अमेरिका र युक्रेनबीचको सम्बन्धमा नयाँ चुनौती थपेको छ। सहायता रोकले युक्रेनको भविष्य अनिश्चित बनेको छ।आगामी दिनमा युक्रेनले युरोपेली सहयोगीहरूको साथमा युद्ध मैदानमा टिकिरहन सक्छ वा पछि हट्नुपर्छ, त्यो समयले देखाउनेछ।