युक्रेनलाई ट्रम्पको सुझाव : मस्कोमाथि आक्रमण नगर्नु
३२ असार २०८२
•
२ मिनेट पाठ
युक्रेनलाई ट्रम्पको सुझाव : मस्कोमाथि आक्रमण नगर्नु
जुलाई ४ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसमाथि आक्रमण बढाउन निजी रूपमा प्रोत्साहित गरेको फाइनान्सियल टाइम्सको समाचारपछि उनले युक्रेनले मस्कोलाई लक्षित गरी आक्रमण गर्न नहुने सुझाव दिएका छन्। 




अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको कुराकानीमा ट्रम्पले यदि अमेरिकाले लामो दूरीको हतियार दियो भने के युक्रेनले मस्कोसम्म आक्रमण गर्न सक्छ? भनेर सोधेको दाबी गरेको थियो। 

राष्ट्रपति ट्रम्पले अमेरिका ‘त्यसो गर्न खोजिरहेको छैन’ भनेका छन्। ह्वाइट हाउसका अनुसार युक्रेनी समकक्षीसँगको कुराकानीमा ट्रम्प थप हत्यालाई प्रोत्साहन गरिरहेका थिएनन्। प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्प यो युद्ध अन्त्य गर्न अथक प्रयास गरिरहेको उल्लेख गरिन्। 

सोमबार ट्रम्पले युक्रेनलाई थप हतियार पठाउने घोषणा गरेका थिए। यदि ५० दिनभित्र रुस युक्रेनसँग युद्धविराम सम्झौतामा नआएमा थप करका लागि तयार रहनुपर्ने चेतावनी उनको थियो। उनले त्यो समयसीमाभित्र युक्रेनसँग शान्ति सम्झौता नभएमा अमेरिकाले रूसका बाँकी व्यापार (चीन, भारत) सहित सहयोगी देशहरूमाथि लक्षित गर्दै एक सय प्रतिशत कर लगाउने बताए। 

पछिल्लो सम्झौतामा समावेश हतियारहरू मध्ये ट्रम्पले रक्षात्मक प्याट्रियट मिसाइल पनि किभलाई दिने भएको छ। नेटोका महासचिव मार्क रुटले अमेरिका, युरोप र युक्रेनले अझै पनि सम्झौतामा सहमत भएका हतियारहरूको विवरणमा काम गरिरहेको बताए। हालैका हप्ताहरूमा रुसले युक्रेनमा आफ्नो ड्रोन र क्षेप्यास्त्र आक्रमण बढाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार जुन महिनामा २३० बढी सर्वसाधारणको मृत्यु भएको छ। यो तीन वर्षको युद्धमा एक महिनामा मारिएका सबैभन्दा ठूलो संख्या हो।

फाइनान्सियल टाइम्सका अनुसार ट्रम्पले भनेका थिए, ‘भोलोदिमिर, के तपाईं मस्कोमा प्रहार गर्न सक्नुहुन्छ? के तपाईं सेन्ट पिटर्सबर्गमा पनि प्रहार गर्न सक्नुहुन्छ?’ युक्रेनले यस वर्ष अमेरिका र बेलायतले उपलब्ध गराएको क्षेप्यास्त्र प्रयोग गरेर रुसभित्र धेरै कठोर आक्रमण गरेको छ।  

जनवरीमा दोस्राे पटक ह्वाइट हाउस फर्किएदेखि ट्रम्पले युक्रेनमा रूसको युद्ध अन्त्य गर्ने वाचा गर्दै आएका छन्। तर वाचा अपेक्षा गरेभन्दा बढी जटिल साबित भएको छ। द्वन्द्व अन्त्य गर्न भएको प्रगतिबाट निराश ट्रम्पले आफू रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘निराश’ भएको बताएका थिए। तर शान्तिको आशा कायम भएको उनको भनाइ थियो। 

यस वर्षको सुरुमा रुस र युक्रेनबिच  दुई चरणको युद्धविराम वार्ता भएको थियो। तर अन्य कुनै बैठक तय गरिएको छैन। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार ट्रम्पको युक्रेनमा शुल्क बढाउने र हतियार पठाउने प्रतिबद्धतालाई ‘शान्तिको संकेतको रूपमा नभई युद्ध जारी राख्ने संकेतको रूपमा’ हेरिएको भनेका थिए। बीबीसी
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस