नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यारोलिन लेभिटलाई ह्वाइट हाउसको प्रेस सचिवमा नियुक्त गरेका छन्।२७ वर्षीया क्यारोलिन सो पदमा नियुक्त हुने सबैभन्दा कान्छी व्यक्ति हुन्।
यसअघि यो कीर्तिमान रोनाल्ड जेग्लरको नाममा थियो, जसले सन् १९६९ मा रिचर्ड निक्सन सरकारमा २९ वर्षको उमेरमा यो पद सम्हालेका थिए। हाल आफ्नो प्रवक्ता समेत रहेकी लेभिटलाई ट्रम्पले प्रेस सचिव बनाएका हुन्।
एक विज्ञप्तिमार्फत क्यारोलिनको प्रशंसा गर्दै ट्रम्पले भनेका छन्, ‘क्यारोलिन लेभिटले मेरो ऐतिहासिक अभियानमा राष्ट्रिय प्रेस सचिवको रूपमा अभूतपूर्व काम गरिन्। उनलाई ह्वाइट हाउसको प्रेस सचिवको रूपमा घोषणा गर्न पाउँदा म खुसी छु।
क्यारोलिन स्मार्ट, कडा र अत्यन्त प्रभावकारी सञ्चारकर्मीको रूपमा प्रमाणित भइन्।’ प्रेस सचिव प्रशासनको सार्वजनिक अनुहार हो, जसले पत्रकारहरूसँग सञ्चार स्थापित गर्दछ। तर, आफ्नो पहिलो कार्यकालमा ट्रम्पले यो परम्परालाई परिवर्तन गर्दै आफैं सरकारको मुख्य प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए।
पहिलो कार्यकालमा ट्रम्पका चार प्रेस सचिवहरू थिए, जो पत्रकारसँगको झगडालु स्वभावका कारण चर्चामा रहेका थिए। लेभिट ट्रम्पको कट्टर समर्थक हुन्।
उनले टेलिभिजन अन्तर्वार्ताहरूमा आक्रामक रूपमा रिपब्लिकनहरूको बचाव गर्दै आएकी छिन्। ट्रम्पको पहिलो कार्यकालमा, लेभिटले ह्वाइट हाउसको प्रेस अफिसमा काम गरेकी थिइन्।
उनीसँग न्यूयोर्क रिपब्लिकन प्रतिनिधि एलिस स्टेफानिकको सञ्चार निर्देशकको रूपमा काम गरेको अनुभव पनि रहेको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार जापानसँगको व्यापार सम्झौताको घोषणा गरेका छन्। केही हप्ता अघिसम्म सम्भव नदेखिएको यो सम्झौताको घोषणाले धेरैलाई आश्चर्यमा पारेको छ। ‘हामीले जापानसँग विशाल सम्झौता पूरा गरेका छौँ, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
‘सम्भवतः इतिहासकै सबैभन्दा ठुलो सम्झौता हो ।’ सम्झौताअनुसार अमेरिकी आयातकर्ताले जापानबाट आयात हुने सामानमा १५ प्रतिशत ‘पारस्परिक’ महसुल तिर्नुपर्नेछ भने जापानले पनि अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्ने ट्रम्पले बताएका छन्।
अमेरिकाले यस सम्झौताबाट ९० प्रतिशत नाफा प्राप्त गर्ने उनको दाबी छ । तर उनले लगानी कसरी हुने र नाफा कसरी गनिने भन्नेबारे स्पष्ट पारेनन्। सम्झौताको औपचारिक विवरण सार्वजनिक गरिएको छैन।
‘यस सम्झौताले लाखौँ रोजगारी सिर्जना गर्नेछ, यसअघि यस्तो केही भएको छैन। सम्भवतः सबैभन्दा महत्त्वपूर्ण कुरा, जापानले आफ्नो मुलुकमा गाडी, ट्रक, चामल तथा अन्य कृषि उपजहरूको व्यापारका लागि ढोका खोल्नेछ। जापानले १५प्रतिशत पारस्परिक महसुल अमेरिका तर्फ तिर्नेछ,’ ट्रम्पले पोस्टमा लेखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...