अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ विद्यार्थीहरूको भिसा 'आक्रामक रूपमा रद्द गर्ने' घोषणा गरेको छ। जुन अमेरिकी उच्च शिक्षासंस्थाहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अर्को ठूलो झट्का मानिएको छ।
विदेशमन्त्री मार्को रूबियोले बुधबार बताएका अनुसार विदेश मन्त्रालयले होमल्याण्ड सेक्युरिटी विभागसँग सहकार्य गर्दै चिनियाँ विद्यार्थीहरूका भिसा रद्द गर्नेछ। जुन विशेषगरी चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध भएका वा महत्वपूर्ण क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई लक्षित गरिने छ।
रूबियोले भने, ‘हामी जनवादी चीन र हङकङबाट आउने भावी भिसा आवेदकहरूको कडाइपूर्वक परीक्षण गर्नका लागि भिसा मापदण्डहरू परिमार्जन गर्नेछौं।’
रूबियोको यो भनाइ त्यसबेला आएको हो जब ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अमेरिकामा अध्ययन गर्न निरुत्साहित पार्ने कदमहरू चाल्दै आएको छ। यसअघि विदेश मन्त्रालयले दूतावासहरूलाई नयाँ विद्यार्थी भिसा साक्षात्कारहरू रोक्न आदेश दिएको थियो।
गत साता ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्ने अधिकारसमेत खोसेको थियो, जसलाई एक संघीय न्यायाधीशले पछि रोक लगाएका थिए।
यता, होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले प्रशासनले अन्य विश्वविद्यालयहरूलाई पनि लक्षित गर्ने विषयमा 'पूर्ण रूपमा विचार गरिरहेको' बताएकी छिन्।
सन २०२३–२४ शैक्षिक वर्षमा चीनबाट २ लाख ७५ हजारभन्दा बढी विद्यार्थीहरू अमेरिकामा अध्ययन गर्न आएका थिए। अमेरिकाको अन्तर्राष्ट्रिय शिक्षा संस्थान र विदेश मन्त्रालयको रिपोर्टअनुसार यो संख्या भारतपछि दोस्रो ठूलो थियो। एजेन्सी