अयोध्याको राम मन्दिरमा आज रामललाको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ। प्राण प्रतिष्ठा पुजामा मुख्य यजमान प्रधानमन्त्री नरेन्द्र मोदी, आरएसएस प्रमुख मोहन भागवत, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ बसेका थिए।
विभिन्न पुजन विधि पूरा गरि रामललाको प्राण प्रतिष्ठा गरि आखाको खोलिएको थियो। अहिले रामललाकोबाल रूप अर्थात राघव स्वरूपमा प्रतिष्ठापित गरिएको हो।
प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन आमन्त्रित विशिष्ट व्यक्तिहरू अयोध्या आउने क्रम जारी छ।
कार्यक्रममा सहभागी हुन क्रीकेटर सचिन तेन्दुल्कर, बिराट कोहली, अभिनेता अमिताभ बच्चन, बिबेक ओबराइ, कंगना रनावत, रनदीप हुडा, चिरञ्जीवी, माधुरी दिक्षित, उद्योगपति मुकेश अम्बानी, टीना अम्बानी प्राण प्रतिष्ठामा सहभागी छन्। प्राण प्रतिष्ठा लागि राम मन्दिरलाई बेहुली झै सजाइएको छ।
भारतमा आजबाट लोकसभाको निर्वाचन सुरु हुँदैछ। विभिन्न चरणमा हुने निर्वाचनका लागि भारतको निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरेको छ।
आज हुने पहिलो चरणको निर्वाचनमा भारतको २१ राज्य र केन्द्र शासित प्रदेशका गरी १०२ सिटका लागि मतदान हुनेछ। जसका लागि १ हजार ६ सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रेका छन्।
निर्वाचनको पहिलो चरणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वर्तमान मन्त्रीमण्डलमा रहेका ८ जना र तीन जना पूर्व मुख्यमन्त्री तथा एकजना पूर्व राज्यपाल मैदानमा छन्।
पहिलो चरणमा अरुणाचल, असाम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नगाल्यान्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बङ्गाल, अन्डमान निकोबार, जम्मू र काश्मीर, लक्षद्वीप, पुद्दुचेरीमा मतदान हुँदैछ।
मतदान अहिले बिहान नेपाली समय अनुसार ७ः१५ बजेबाट सुरु हुनेछ भने साँझ ६ः१५ बजे सकिने छ।
निर्वाचन आयोगका अनुसार पहिलो चरणमा १६ करोड ६३ लाखभन्दा बढी मतदाताले मतदान गर्नेछन्। जसमा ८ करोड ४ लाख पुरुष र ८ करोड २३ लाख महिला रहेका छन्। मतदानका लागि १ लाख ८७ हजार मतदान केन्द्र निर्धारण गरिएको छ।
निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ भने बढ्दो गर्मीलाई मध्यनजर गर्दै सरकारले यसअघि नै सबै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ।
आजबाट सुरु हुने निर्वाचन जुन २१ सम्म सात चरणमा हुनेछ। देशभरका मतपत्रहरू एकैपटक सङ्कलन गरेर जुन ४ मा मतगणना गरिने र सामान्यतया सोही दिन नतिजा घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ।
६ हप्ताभन्दा बढी समय सञ्चालन हुने निर्वाचनमा कूल ९७ करोड मतदाता मतदान गर्न योग्य रहेको आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार चुनावमा एक करोड ५० लाख मतदान कर्मचारीसहित १० लाखभन्दा बढी मतदान केन्द्र सञ्चालनमा रहनेछ।
यसै निर्वाचनबाट भारतको नयाँ प्रधानमन्त्री पनि चयन हुनेछ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...