युद्ध खासमा मातृभूमिको विषयमा थियो। धनी छिमेकीको आड पाएर, पछि आएको नयाँ बेग्लै सम्प्रदायले अरू ठुला शक्तिशाली धनी राष्ट्रहरूको सहयोगले त्यहाँ आफ्नो हक जमाएको थियो।
स्वाभिमानको बगैंचामा जिउँदै थिइ भनी दिनू,परिश्रमको आफ्नै पौरख पिउँदै थिइ भनिदिनू।
पटकपटक टालेको मन उध्रियो रे फेरि पनि, विचारको सियो धागोले सिउँदै थिइ भनिदिनू।
यतिबेर केही नबोली बसेको छोराले-यी गफाडीहरू! कति गफ दिन जान्दछन्। सिन्को नभाँची पटकपटक गफैले चुनाव जितिरहे,भन्यो। मैले साधनस्रोत जुटाउँदै छन् गर्लान् नि! के भनेको थिएँ ऊ त झनै जङ्गियो।
तीमध्येका एक फत्फताए, ‘हेर्नुस् पत्रकार महोदय! ऊ बेला हामीमा लोभ थियो, ईर्ष्या थियो, हाम्रो परिवारजन र आसेपासेका भविष्यको चिन्ता थियो। तर अब आएर हामीले बुझ्यौं यो सबै भ्रम रहेछ। क्षणिक रहेछ।
नचाहिंदो कुरा नगर्। विवाहअघि केटोले केटी हेर्छ कि,केटीले केटो? यो कलियुगमा केके सुन्नुपर्छ? खुरुक्क विवाह गर्। श्रीमानले भात पकाउलान् र खाउँला भनेर पनि बिहे गर्छन् कसैले?