कर्णाली प्रदेशमा अत्यधिक वर्षासँगै परेको हिउँले कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित बनेको छ। उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम जारी छ। तल्लो क्षेत्रमा पनि लगातार वर्षा भइरहेकाले खोप लगाउन सकिएक...
कर्णालीका जुम्ला, मुगु, डोल्पा, हुम्लामा बाक्लो हिउँ परेको छ। कालिकोटको लेकाली क्षेत्र पनि हिउँले ढाकेको छ। जुम्लामा आइतबार दिउँसोदेखि बादल लागेको र रातिदेखि हिमपात भएको स्थानीयले बताएका छन्।