धरानका राजनीतिक दलहरूले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या तत्काल समाधान गरेर सेवा सुचारु गर्न आन्दोलनरत पक्ष र व्यवस्थापनलाई आग्रह गरेका छन्।
चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरि कारबाही गर्न र सुरक्षाको प्रत्याभुति गर्न माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासिय चिकित्सहरुले आन्दोलन गरेका छन्।
प्रतिष्ठानमा दैनिक २५ सयभन्दा बढी नयाँ तथा पुराना बिरामीहरु उपचारको लागि आउने गर्छन्। बिहान ८ बजेदेखि टिकट काउण्टर खुलेपनि बिरामीका आफन्तहरु त्योभन्दा अघिदेखि नै बिल काट्न लाइनमा उभिएका हुन्छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई पदमुक्त गर्न गठित छानबिन समितिले आज आफ्नो प्रतिवेदन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ।
प्रतिष्ठानमा शुद्धिकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आजदेखि सेवा बहिष्कार गरेको हो।
प्रतिष्ठानका ६ जना सिनेटरहरुले ऐनमा भएको व्यवस्था बमोजिम चारैजना पदाधिकारीहरुलाई कारबाहीको माग गर्दै कुलपति एवं प्रधानमन्त्रीसमक्ष निवेदन दिएको भोलिपल्ट शुक्रबार रजिष्ट्रार रेग्मीले राजीनामा दिएका हुन...
आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा.एस.पी.रिमाल भने मन्त्रालयले उपकुलपतिलाई सिनेट बैठक बोलाउन पत्राचार गर्नु नै आफूहरुसँगको सहमति विपरीत र कानुनी प्रक्रिया विपरीत भएको बताउँछन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा छानबिन कार्यदलले चारै जना पदाधिकारीहरूलाई आचरण र व्यवहार सम्बन्धमा कारबाही गर्न सिफारिस गरेको छ।