असार र साउनमा माई नगरपालिका–८ को सतासीधाम सामुदायिक वनमा सखुवाका १७ हरिया रुख काटेको भेटियो। खोजी गर्दैजाँदा वन उपभोक्ता समिति अध्यक्षसहितका सात जना पक्राउ परे।
जिल्लाभर नै कोरोनाको दोस्रो लहर न्यूनीकरणका लागि निषेधाज्ञा जारी छ। निषेधाज्ञा भएकै कारण सर्वसाधारणहरु घरभित्र बसेर आफूलाई सुरक्षित राख्ने प्रयास गरेका छन्। तर वन तस्करहरुलाई भने निषेधाज्ञाले छेकेको छ...