मन्दिर दर्शन गरेमा आफूले चाहेको मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले उनी भाकल पूरा गर्न छोरीका साथ मन्दिर आएकी हुन्। मेलाको अनुभव होस् भन्ने उद्देश्यले छोरीहरूलाई पनि ल्याएको उनी बताउँछिन्।
माघे संक्रान्तिमा विशेष गरेर घ्यू चाकु, तिलको लड्डू, फापरको फुरौला, तरुल, सखरखण्ड जस्ता खाद्यपदार्थ खाने प्रचलन छ। माघे संक्रान्तिको आसपासमा यस्ता खाद्यपरिकार माग बढी हुने गर्दछ।
कोरोना संक्रमणको जोखिम भए पनि धार्मिकस्थल माइबेनीमा माघे संक्रान्तिका अवसरमा मेला लागेको छ। स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरे पनि स्वतस्फुर्त रूपमा धार्मिक मेला लागेको ह...