स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार नेपालले दोस्रो चरणमा चीनबाट खरिद गरेको ६० लाख डोज खोपमध्ये ४४ लाख डोज शुक्रबार आएको हो। थप खोप आएकाले ४ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ।
काठमाडौं महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन्। पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेरोसेलको दोस्रो मात्...