संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ।नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो।
नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिएको कोरोना महामारीको संक्रमण र मृत्युदर दिनहुँ बढ्दा बाँकेको स्थिती झन् भयावह बनेको छ। स्थिती भयावह बनेपछि यहाँका अस्पतालले सरकारसँग हार–गुहार गरिरहेका छन्। अस्पतालमा...
नेपालगन्ज–१० का ४९ वर्षीय पुरुषलाई ज्वरो र रुघाखोकीले सताएको एक साताभन्दा बढी समय भइसकेको थियो । भेरी अस्पतालमा पुगेर स्वाब दिएपछि बैशाख ५ गते उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखायो । त्यतिबेलासम...
उपचारका लागि अस्पतालमा पुग्ने गरेका कोरोना संक्रमित बेड नपाएर बाहिरै बस्नु परेको छ। भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको...
भेरी अस्पतालमा उपचार गराइरहेका थप ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु भएको छ। अस्पतालको कोभिड वार्डमा भर्ना भएका बाँके, बर्दिया र दैलेखका दुई महिला तथा एक पुरुषको शनिबार राती मृत्यु भएको हो।
नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणको असर यहाँका विद्यालयहरुमा देखिएको छ। नेपालगन्जका करिव आधा दर्जन विद्यालयमा शिक्षक र विद्यार्थी गरी १४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।