पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटल प्रा.ली. लाई पशुपति क्षेत्रको बागमती पारी हुने गंगा आरतीको प्रत्यक्ष प्रसारण गर्न दिने नाममा पशुपति क्षेत्रको कोर एरिया नै विक्री गरेको पाइएको छ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न नपाइने भनी बुढासुब्बा डिजिटल प्रालिले निकालेको सूचनाप्रति असहमति जनाएको छ।
पशुपतिको गर्भगृहमा राखिएको जलहरीमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया टुंगोमा पुग्नै लागेका बेला पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले छानबिनबाट जोगिन विभिन्न प्रयास गरिरहेका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव र सदस्य पदमा जलहरी र धर्मशाला काण्डमा मुछिएका व्यक्तिहरूलाई नियुक्त गरेका छन्।