कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुरु गरेको हो।
नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता भएको छ। नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानको लागि सम्झौता भएको हो।
नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय आर्थिक रूपान्तरण (नेट) २०३० लाई आधार बनाएर आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा समावेश गर्न राष्ट बैंकलाई सुझाव दिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले कोभिड–१९ महामारीका कारण अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र सामाजिक जनजीवन प्रभावित भएको बताए।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षका लागि शनिबार प्रस्तुत बजेट सकारात्मक रहेको जनाएको छ। बजेटका प्राथमिकताले सकारात्मक सन्देश दिएको भन्दै कार्यान्वयनमा जोड दिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिले मेन्टरसिप सहयोगसहित महासंघका लगानीकर्तासँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) सँग आवेदन मागेको छ।