नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ। आइतबार दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरुको गठबन्धनको संज्ञा दिएका छन् । उनले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय खेर फालेको...
विदेशीसँग केही बोल्न नसकेको, बजेट नल्याएर बेखर्ची भएको, अघिल्लो सरकारले सुरु गरेका विकास निर्माणका कामसमेत रोकेर बसेको भन्दै उनले वर्तमान सरकारलाई हुत्ती नभएको आरोप लगाए।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रुपन्देहीमा पार्टीको कार्यक्रममा आउने भएपछि लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक फेरि स्थगित भएको छ।
प्रचण्ड छट्टु, बैमान र धोकेबाज नेता भए पनि असल बाउ, काका, मामा र ससुरो भएको ओलीको भनाइ छ। उनले भने ‘प्रचण्ड असल बाबु, ससुरो, काका, मामा भएपनि नेताका रुपमा उनि धोकेबाज, बेइमान र छट्टु हुन्।’
एमालेमा प्रवेश गरेपछि पूर्वमाओवादी नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह, मणि थापालगायतलाई विभिन्न जिम्मेवारी दिइएको थियो। अहिले सो जिम्मेवारी नफेर्ने तहमा ओली पुगेका हुन्।
विधान महाधिवेशमा प्रस्तुत हुने विधान संसोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनहरु स्थायी समितिको बैठकमा प्रस्तुत हुने र त्यसमाथि व्यापक छलफल गरेरमात्रै अघि बढ्ने पार्टीका सचिव य...