सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ।
सुन तस्करी प्रकरणमै पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले विच्याटमा गरेको कुराकानी सिआइबीले फेला पारेको छ।
दावासँग सम्पर्क र सम्बन्ध देखिएपछि गृह मन्त्रालयले उनलाई बिहीबार नै अतिरिक्त समूहमा काज सरुवा गरेको छ। अधिकारी र दावाबीच विच्याटमा कुराकानी भएको र त्यसमा लेनदेनको समेत कुराकानी भएको भन्ने समाचारहरू प्...