कोरला नाकालाई पूर्ण रुपमा कसरी संचालन गर्न सकिन्छ भन्ने बुझ्नका लागि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहितको टोलीले कोरला नाकाको शनिबार अनुगमन गरेको छ।
पर्यटन क्षेत्रका जानकारहरुका अनुसार यो समय कैलाश मानसरोवर जाने उपयुक्त हो। तर, अहिले आउजाउ सहज छैन। कतिपय पर्यटन व्यावसायीले रसुवा हुँदै आउजाउ रोकिएको यो बेला मुस्ताङको कोरला नाका हुँदै पर्यटकलाई आउजा...