पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन्। माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता संचालन हुँदैछ।
चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लवले उपाधि जितेको छ। योसँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो...