भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको २३औं, ख्वप कलेजको २१औं र शारदा क्याम्पसको ३२औं वार्षिकोत्सव तथा ख्वप कलेज अफ लको स्थापना एवं सञ्चालनको अवसरमा प्रदर्शनी सुरु भएको हो।
सरकारले प्रविधि तथा अनुसन्धानको क्षेत्रमा लगानी बढाएर यस क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाअन्तर्गत ख्वप विश्वविद्यालय सञ्चालन गरी सस्तोमा गुणस्तरी मेडिकल शिक्षा प्रदान गर्ने उद्द...