पोखरा महानगरपालिकाले पोखरामा खेलकुद पूर्वाधार र प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ। छुट्टाइएको बजेट गत वर्षको भन्दा केही बढी हो।
कोरोनासँगै थलिएको खेलकुद पछिल्लो समय खेलाडीलाई कोरोना विरुद्धको दोहोरो खोपको पहुँच पुगेको छ । खोपको पहँुचसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता चर्चा शुरु भएको हो ।
पोखरा महानगरपालिकाका दुईवटा महत्वपूर्ण खेलकुद योजना छन् । महानगरकै उचाईको फुटबल मैदान (पोखरा–२० मौजामा निर्माणाधिन फुटबल मैदान) र पोखरा–१३ मा निर्माणाधिन खेलमैदानका योजना हुन् ।
चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले खेलकुदको पूर्वाधारमा बजेट छुट्टायो । खर्च गरेन । बजेट निकासा नहुदाँ पूर्वाधारको काम भएन । प्रदेश सरकारले गएको यसैसाता आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्यो...