कोशी राजमार्ग धरानको तीनकुनेदेखि जिरोपोइन्टसम्म करिब ५ किलोमिटर ६ लेन बनाउने कि वाइपास गर्ने भन्ने टुंगो नलाग्दै उपमहानगरपालिकाले आइतबार नापजाँच गरेको छ।
कोशी राजमार्ग अन्र्तगतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत धरानको बजार क्षेत्रमा ६ लेन सडक विस्तार गर्न ढिलाई भएपछि राजनीतिक दलहरुले छलफल अघि बढाएका छन्।
सडक योजनाले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र इटहरी उपमहानगरपालिका भित्रको क्षेत्रमा सोही मापदण्डमा सडक निर्माण एवं विस्तार भएकोले धरानमा पनि बजार क्षेत्रमा ३० मिटर सडक विस्तार गर्ने जनाएको...