‘ती शिक्षकलाई अस्पताल पर्याउँदा बेहोस अवस्थामै थिए। अक्सिजन दिएपछि होसमा आएपनि राती उनको मृत्यु भयो।’ कोरोना संक्रमित ति शिक्षकको शरीरमा अक्सिजनको मात्रा निकै कम भएकाले मृत्यु भएको डा.जोशीले बताए।
डब्ल्यूएचओका प्रमुख ट्रेडोस घेब्रेसियसले पछिल्लो ७ हप्तामा युरोप, अमेरिका र दक्षिण पूर्वी एशियाका देशहरूमा कोरोनाका बिरामी संख्या बढेको बताएका छन्। यो पहिलो पटक देखियो। उनले भने, यो धेरै निराशाजनक छ।...
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये ६० हजार १२४ कोरोना सङ्क्रमणमुक्त भएका छन्।...