मन्त्रालयमा सोमबार बसेको सचिवस्तरीय निर्णयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको सिफारिसलाई कार्यान्वयनमा ल्याउने निर्णय गरेको मन्त्रालयको प्रवक्ता दीपक शर्माले जानकारी दिए।
तीव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि बाँके जिल्लालाई लकडाउन गर्ने निर्णय गरिएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले आगामी बिहीबार(बैशाख ९ गते)बाट लकडाउन गर्ने निर्णय गरेको...
भेरी अस्पतालले एक सूचना जारी गर्दै संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालले थेग्न नसक्ने जनाएको छ। बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको अस्पतालले उल्लेख गरेको छ।
कोरोना भाइरसका नयाँ संक्रमित बढिरहँदा पनि नेपाल–भारत सीमाबाट निर्वाध आवतजावत चलिरहेको छ। भारतमा उच्च रुपले कोरोना फैलिँदा पनि स्थानीय प्रशासनले सीमा क्षेत्रमा सर्वसाधारणलाई आवतजावत गर्न रोक लगाएको छैन...