ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल। टोलमा परम्परागत घर नै रहेका छन्। तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका। साथै टोलमा केही गर्भवती पनि रहेका छन्।
सोही गाउँका मदन बरालको बुबाले २००४ सालमा झिँगटी छानो भएको घर निर्माण गरेका थिए। उक्त घरको छानोबाट पानी चुहिन थाल्यो। घरमा प्रयोग भएका काठ मक्किएर काम नलाग्ने भए।
पुर्जाविनाको जीवनको भोगाइ नीति बनाउने माननीय, मन्त्री, विभिन्न समितिका पदाधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीलाई यो कुरै थाहा छैन किनकि उनीहरू त्यसै पनि सम्पत्तिका मालिक छन् नै।