कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरे।
बिहीबार बागलुङको बुर्तिबाङ बजारमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले भ्रष्टाचारी र बिचौलियाको पक्ष पोषण गर्दा जनतामा निराशा र वितृष्णा बढेको उल्लेख गरे ।
चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी जनयुद्धपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा आफ्नो धारणा राखे।
सोमबार दाहालले दैलेख बजारस्थित डेकेन्द्र चौकमा रहेको थापाको शालिकमा फुलमाला सहित माल्यार्पण गरेर हत्याप्रति आत्मआलोचना गर्दै गल्ती भएको कुरा बताएका हुन् ।
यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले विदेशमा पसिना बगाइरहेका लाखौँ नेपालीहरूलाई राज्यले नजरअन्दाज गरेको भन्दै प्रश्न गरे।
प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुने भएको छ ।