पहिल्यैदेखि पार्टीको विभिन्न समिति बैठकहरूमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका पुन आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी पाएसँगै औपचारिक रूपमा पार्टीको सक्रिय राजनीतिमा फर्किएका हुन्।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आइतबार (हिजो) यता जारी छ। बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसमेत उपस्थित छन्। उनी उपाध्यक्षको कुर्सीमा बसेका छन्।
अर्कोतर्फ, उपराष्ट्रपति जस्तो सम्मानित र महत्त्वपूर्ण पदमा पुगिसकेको व्यक्ति पुन: सक्रिय पार्टी राजनीतिमा फर्किँदा त्यस पदको उपहास हुने भन्दै विरोध सुरु भएको छ।