अख्तियार दुरुपयोग अनुसन्धान आयोग टेरामक्स घोटाला प्रकरणमा भर्खरै बस्नेतमाथि पनि अभियोजन गरेको थियो। विशेष अदालतले बस्नेतसँग पुर्पक्षका लागि २५ लाख धरौटी मागेर छाडेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फौजदारी अभियोगमा मुद्दा दायर भएका एमाले सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी, सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको पनि सांसद पद निलम...