राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यति बेला मुलुकभर हस्ताक्षर अभियान चलाएको छ। जसमा सर्वसाधारणदेखि विभिन्न क्षेत्रमा नाम कहलिएका व्यक्तिहरू समेतले ऐक्यबद्धता जनाएका छन्।
'हामी केवल एउटा सानो गणतन्त्र होइनौँ जुन अनन्त राजनीतिक खेलमा अल्झिएको छ। हामी एउटा गौरवशाली सभ्यता हौँ, जसको विशिष्ट पहिचान र भविष्यप्रति पवित्र जिम्मेवारी छ।'