उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० भन्दा माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन्।
बुधबार नागरिक फ्रन्टलाइन संवाद कार्यक्रममा अन्तर्वार्ता दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। संवादको पूर्ण भिडिओ सामग्री अहिले साँझ सात बजे नागरिकन्युजमा प्रशारण हुँदैछ।
सरकार एक दिन जरुर परिवर्तन हुने पनि पौडेलले बताए । उनले भने, ‘सरकार परिवर्तन हुन्छ । कुनै पनि सरकार सधैँ सधैँका लागि बन्दैन । यो सहयात्रा ०८४ सम्मका लागि हो ०८४ मा पुगेर बदलिन्छ ।’
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश विकासलाई केन्द्रमा राखेर वर्तमान सरकारले काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन्।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ।