जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहोराका अनुसार प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित अनुसन्धान करिब सकिएको र त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ ।
उनले सुरक्षामा कम बल प्रयोग गर्दा र बढी प्रयोग गर्दा दुवै अवस्थामा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै सुरक्षा कमजोरी भए आन्तरिक रूपमा समाधान गर्नुपर्ने र बाहिर गए राष्ट्रिय सुरक्षामा असर पर्ने बताए।
सरकारले फिल्डमा खटिने सुरक्षाकर्मीको दोष देखाएर कमाण्डरलाई कारबाही गर्ने, कोभर्ट अप्रेसनमा खटिएका सुरक्षा अधिकारीलाई विभिन्न आयोग बनाएर कारबाही गर्ने तथा काविल अफिसरलाई कार्यक्षेत्रमा खटाउनु भन्...