नेपाली सिनेजगतमा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका दिन ती चलचित्रको छायाङ्कन सुरु गरिएको निर्माण पक्षको दाबी छ ।
अभिनेत्री सुरक्षा पन्तले कर्णाली समृद्ध ठाउँ भएको बताउँदै धर्म, संस्कृति, प्रकृति, जीवनशैलीले कर्णाली समृद्ध रहेको उल्लेख गरिन्। कर्णाली सिनेमाका लागि अथाह सम्भावनाको क्षेत्र बन्नसक्ने उनको भनाइ थियो।