आजको बैठकमा गृह मन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रृष्ठले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेकी छिन्। मङ्गलवार शिक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा उनले पत्रकार सम्मेलन गरेकी हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि बागमती प्रदेशको ‘श्रमाधान रोजगार मेला’ ललितपुरमा आयोजना गर्न लागेको हो। दुई दिनसम्म चल्ने मेलाको सम्पूर्ण तयारी भइसकेको मन्त्रालयले जनाएको छ।