राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले दलित समुदायका नागरिकलाई मान्छे हुन नदिन राज्यका संयन्त्रहरु परिचालन गरिएको आरोप लगाएका छन्।
उनले पुराना राजनीति दल भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावादका फसेका भन्दै अब मुलुकको निर्माणको जिम्मा रास्वपा इमानदार र गम्भीर भएर लिन चाहेको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रतिनिधिसभामा सांसदहरूका प्रश्नोत्तरमा सहभागी भएका छन्। जसमा १० जना सांसदहरूले प्रधानमन्त्री दाहाललाई आफ्ना प्रश्नहरू सोधे।