अहिले राज्यको सबैभन्दा संवेदनशील अंगहरूमा समेत भागबन्डा र राजनीतिक सौदाबाजी छरिएको पनि सांसद बजगाईँले बताए। उनले भने, ‘जुन न त दीर्घकालीन विकासको सोच हो, न त जनताको भरोसाको जग।’
यसरी पृष्ठभूमि बाँधेका सांसद बजगाईँले टिआरएफलाई तुरुन्त प्रतिबन्धित आतङ्कवादी संगठन घोषणा गर्न र पाकिस्तानसँगको सबै प्रकारको सैन्य सहकार्यको पुनरावलोकन र पुनर्विचार गर्न माग गरे।
नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्न, पर्यटन अर्थतन्त्र जोगाउन, र नागरिकहरूको ज्यान जोगाउन अब ढिला नगरी बलियो उड्डयन सेवा विधेयक पास गर्न अत्यावश्यक रहेको सांसद बजगाईँले बताए।
कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले सांसद बजगाईँले आफू विरुद्ध शृङ्खलाबद्ध कु प्रचार गरेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् ।