यस्तै बैठकमा सरकारद्वारा सार्वजनिक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र सरकारले बनाइरहेको बजेटबारे पनि छलफल चलिरहेको ज्ञवालीले बताए। बजेटबारेको छलफलका लागि बैठक अझै चल्ने पनि उनले जानकारी दिए।
‘रवि लामिछानेजीसँगै कतिपय नेकपा एमालेका मान्छे पनि परेका छन्, कतिपय कांग्रेसका पनि परेका छन्,’ ज्ञवालीले भने। जुन औला विष लाग्छ, त्यही औला काट्नुपर्ने उनले बताए।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचारका फाइलहरू खुल्ने डरले कांग्रेस–एमालेले हतारहतार समीकरण गरेको भनेर माओवादी केन्द्रले हल्ला चलाएको बताएका छन्।
बुधबार दिउँसो नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली भृकुटीमण्डपको विद्यार्थी मेलामा मदानी र ठेकीसँग रमाउँदै थिए। मेला अवलोकन गर्न पुगेका ज्ञवाली गाउँको सम्झना ताजा गराउन मोही पारिरहेको भेटिए।