झन्डै चार महिनाअघि अर्थात् फागुन २१ गते सत्ता साझेदार कांग्रेसलाई विभिन्न आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नयाँ समीकरण गरेका थिए। कांग्रेसका कारण काम गर्न नसकेको...
कांग्रेस–एमालेले निर्वाचन प्रणाली, शासकीय स्वरूपलगायत विषयमा संविधानमा रहेका व्यवस्था संशोधन गर्ने सहमति गरेपछि यस्तो आभाष भएको छ। यसको छनक एमाले महासचिव शंकर पोखरेलले यसअघि पनि दिइसकेका छन्।
सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमवार सहमति गरेपछि त्यसलाई अनुमोदन गर्न बैठक बस्न लागेको हो।
नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि बुधबार सम्ममा मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेले आग्रह गरेको छ।
नेपालको लोकतान्त्रिक आन्दोलनका साहसी तथा कर्मयोगी नेता गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवन धेरै सन्दर्भ र घटनाले भरिएका छन्। वास्तवमा साहस र अठोटको पर्याय नै उहाँको राजनीतिक जीवन बनेको छ।