वडाध्यक्ष बाचकुमार राईका अनुसार किराँतहरूको आस्थाको केन्द्रका रूपमा रहेको यो स्थानको विकास गर्ने लक्ष्यले वडाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेर संरक्षण गरेको हो।
ग्रामीण भेगबाट काठमाडौं आई कक्षा ११ मा अध्ययन गर्न चाहने एसइई उत्तीर्ण विद्यार्थीहरूका लागि काठमाडौं उपत्यकाका विभिन्न शैक्षिक संस्थाहरूले छात्रवृत्तिका थुप्रै अवसरहरू उपलब्ध रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभाले शनिबार बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस मनाउँदै सन् २०२५–२०३४ लाई बालुवा र धुलोको आँधीसँग लड्ने संयुक्त राष्ट्रसङ्घको दशकका रूपमा घोषणा गरेको छ।
झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फालेर खनजोत गरी विद्यार्थीले तरकारी खेती गरेका हुन्। तरकारी खेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो।
देशमा केही भएन, हुँदै भएन भन्ने निराशा फैलाएर समाजलाई भ्रममा पार्दै राजनीतिक रोटी सेक्नेले देशको भलो नगर्ने बताउँदै उनले लोकतन्त्र बलियो भए मात्रै मानवअधिकार बलियो हुने उल्लेख गरे।