यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ। सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन्।
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा सेवाग्राहीको अत्याधिक भिड बढेकाले सहज रुपमा विवरण दर्ता गराउने काम गर्नको लागि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धि विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्रालयमा एक समारोह नै आयोजना गरेर उनले आफ्ना उपलब्धि सार्वजनिक गरेका हुन् ।
आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा ३ सदस्यीय समिति गठन। समितिमा उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक निरन्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने रहेका छन ।