त्यो दिन दाहाल आनन्दले राति सुतेको अध्यक्ष नेपालले बताए। ‘दुई रातदेखि निद्रा लाग्या थिएन, के भइरहेछ ? गुपचुप भेटघाट चलिरहे छकी भनेर। कहाँ हुनु वाइह्यात हल्ला हो, ढुक्क हुनुस् भनेर सुतेको त बिहान नर्क...
‘अहिलेका हाम्रा प्रधानमन्त्री संविधान मिच्ने र मिचेर चल्ने कुराको उस्ताद हुनुहुन्छ,’ अध्यक्ष नेपालले भने, ‘त्यो गर्ने कुरा प्रति गौरव बोध गर्नुहुन्छ।’ उनलाई संविधान र कानुनको मतलब नभएको उनले बताए।
पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग दाबीसहित परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति तथा समुदायको संस्कृतिले समग्र नेपालीलाई सांस्कृतिक रूपमा एकताबद्व बनाउन सहयोग पुर्याएको बताएका छन्।
नेताहरूको कार्य विभाजनको प्रमुख एजेण्डासहित एकीकृत समाजवादीको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो । बैठकले नेताहरूको कार्य विभाजन र वार्षिक कार्ययोजनाबारे निर्णय गर्नेछ ।
त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष दाहालले भने, ‘कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौं। हरेक पार्टीभित्र इमान्दार आत्मसमीक्षा गरौं।'
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण जातजातिका चाडपर्व तथा संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बताएका छन्।