‘उहाँ मलाई बाबू भनेर सम्बोधन गर्नुहुन्छ। आज पोखरा जाँदा उहाँसँग भेट भयो–सञ्चो बिसञ्चो कुराकानी भयो। यसअघि पोखरा जाँदा पनि भेटेको थिएँ। राममाया दिदीसँग भेटेर खुसी लागेको छ,’ प्रधानमन्त्री ओलीले लेखेका...
सत्तासीन दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस आ-आफ्नै अडानमा रहँदा नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति थप पेचिलो बनेको छ। यतिसम्म कि गभर्नरकै कारण सरकार ढल्न सक्नेसम्मको अड्कल हुन थालेको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौंस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरूको उपस्थिति थियो।
अहिलेका बेला कांग्रेस–एमालेसँग सरकार रहेको बताउँदै सभापति देउवाले भने, ‘ओली जी पनि दुख पाएकै व्यक्ति हो, जेलमा हामी सँगै बसेका थियौँ। गोलघरमा राखेको थियो।’
‘एउटा ट्रेन्ड छ अहिले, यो २० वर्ष गाडी हाँकिसकेछ, यो पुरानो भइसक्यो। यसले के चलाउँछ? मैले एक महिना अगाडि सिकेको छु म चलाउँछु,’ प्रधानमन्त्री ओलीले भने, ‘या सिक्दै सिकेको छैन, तर म चलाउँछु गाडी राम्ररी...
अर्थात् यहाँ कुनै पनि खालको प्रतिगमनका लागि स्पेस छैन। प्रतिगमनकारीहरूले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही हुने छैन,’ प्रधानमन्त्री ओलीले भने।
यस्तोमा दाहाल डडेलधुरा पुग्दा गरेको टेलिफोन वार्ता शङ्कारहित भने हुने देखिन्न। तर त्यो मित्रवत् मात्रै हो कि रणनीतिक त्यसको नतिजा हेर्न भने कुर्नै पर्ने हुन्छ।