सूर्योदय नगरपालिकाको स्थानीय संयोजनमा राजदूत र मन्त्रीले यहाँको अन्तुपोखरी, अन्तुडाँडा, स्थानीय सुन्दर चियाबारीलगायत अवलोकन गरेका छन् । उनीहरूले अन्तुपोखरीमा डुंगा सयर र फिसिङसमेत गरेका छन् ।
यहाँका ३० सामुदायिक विद्यालयका विद्यार्थीले प्रत्येक दिन एक रुपैयाँ बचत गर्दा कुल ३१ लाख १७ हजार रुपैयाँ पुगेको कार्यक्रमका पोकल पर्सन खगेन्द्र धमलाले जानकारी दिए ।