फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपाली सिने जगतमा तरङ नै ल्यायो। फिल्म बक्स अफिसमा ब्लकबस्टर बन्यो। फिल्म ब्लकबस्टर बनेसँगै फिल्मको निर्माता र निर्देशकले अहिले फरक-फरक फिल्मको घोषणा गरेका छन्।
चलचित्र 'कोशेढुंगा' को शुभमुहूर्त गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर चलचित्र 'पूर्ण बहादुरको सारङ्गी' फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको आज शुभमुहूर्त गरिएको हो ।