राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो।
बिहीबार बिहान कास्की र मनाङ्गको सीमा आसपास (अन्नपूर्ण बेस क्याम्प) केन्द्र भएर भूकम्प गएको हो। बिहान १०:१३ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
दोलखा जिल्लाको ओराङ आसपासमा बिहीबार भूकम्प गएको छ।बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्ट...