बंगलादेशमा हिंसात्मक प्रदर्शन शान्त भएपनि अधिकांश प्रमुख सहरहरु क्षतिग्रस्त बनेका छन्। प्रहरी चौकीहरु भग्नावशेषमा परिणत भएका छन् भने सहर भित्रका सडक, बजारहरु क्षतविक्षत देखिएका छन्।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाल...